News Category 2079/05/28
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ

दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ४९ हजार जग्गाबिहीनलाई जग्गाको मालिक बनाइसकिएको जानकारी दिएकी छिन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन् ।
उनले भुमी आयोग गठन भएपछि ४९ हजार जग्गाबिहीनलाई जग्गा उपलब्ध गराइसेको भन्दै अबको दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने दाबी समेत गरिन् ।
यस बर्षमा ३ सय पालिकामा काम भइरहेको र अर्को बर्ष सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने बताउँदै उनले विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको दुखेसो पोखिन् । मन्त्री श्रेष्ठले अब पनि लालपुर्जासँग अब पनि कसैले भोटको राजनीति गर्न खोजे प्रतिवाद गर्न आग्रह गरिन ।
निर्वाचनको आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने भन्दै उनले यो नियमित प्रक्रिया भएको र जिल्ला भुमि आयोगले जहिले पनि दिन सक्ने उल्लेख गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ