News Category 2079/05/28
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ४९ हजार जग्गाबिहीनलाई जग्गाको मालिक बनाइसकिएको जानकारी दिएकी छिन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन् ।
उनले भुमी आयोग गठन भएपछि ४९ हजार जग्गाबिहीनलाई जग्गा उपलब्ध गराइसेको भन्दै अबको दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने दाबी समेत गरिन् ।
यस बर्षमा ३ सय पालिकामा काम भइरहेको र अर्को बर्ष सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने बताउँदै उनले विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको दुखेसो पोखिन् । मन्त्री श्रेष्ठले अब पनि लालपुर्जासँग अब पनि कसैले भोटको राजनीति गर्न खोजे प्रतिवाद गर्न आग्रह गरिन ।
निर्वाचनको आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने भन्दै उनले यो नियमित प्रक्रिया भएको र जिल्ला भुमि आयोगले जहिले पनि दिन सक्ने उल्लेख गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ