News Category 2079/05/30
सामुदायिक बिधालयहरूको शिक्षण विधि प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सामुदायिक बिधालयहरूको गुणस्तरिय शिक्षामा सुधारका लागि शिक्षण विधि प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन ।
सप्तरीको बिष्णुपुर गाउपालिकाका अधिकांश सामुदायिक बिधालयमा शिक्षण सिकाई विधि प्रयोग नगर्दा बिधार्थीहरूको कक्षागत सिकाई प्रगति कमजोर बन्दै गएको सरोकारवालाहरूले कक्षामा अवलोकन गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् ।
बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादबले राप्राबि रंजितपुर, जनता माबि कनकटा, जनता माबि खुरहुरिया बिधालयहरूको कक्षागत शिक्षण सिकाई निकै कमजोर रहेकोले शिक्षण सिकाई प्रविधि प्रयोग शिक्षण सिकाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष यादबले राप्राबि रंजितपुर बिधालयमा कक्षा ५ मा बिधार्थीहरूलाई सिकाई उपलब्धी चेकगर्दा उनीहरूलाई समान्य जोडघटाउन समेत नआएको गुनासो गर्दै भने बिधालयमा शिक्षण सिकाई विधि प्रभावकारी बनाउन बिधालयका प्राधानाध्यापकलाई निर्देशन समेत दिए ।
बिधालयमा निरिक्षण क्रममा बालविकास केन्द्रमा ६ जना वालवालिका उपस्थिति रहेको थियो भने कक्षा १ र २ मा १६ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा ६ जना र कक्षा ५ मा २० जनाको उपस्थिति रहेको थियो ।
यता बिधालयका प्रअ रामेन्द्र यादबले भौतिक पुर्वाधारका कारण शिक्षण सिकाई क्रियाकलापमा समस्या उत्पन्न भएको बताउछन ।
बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादबले शिक्षालाई प्रभावकारी सँगै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूले ईमान्दारितापुर्वक काम गर्न आग्रह गरे ।
उनले जनता माबि कनकटा बिधालयमा आफु सक्दो सहयोग गर्न तयार रहेकोले आउने दिनमा बिधालयलाई उच्च शिक्षा (स्नातक सम्मको) कक्षा संचालन गर्ने प्रतिबद्धता जनाए ।
बिधालय शैक्षिक सुधारका लागि शिक्षण बिधिका सुचकहरूको प्रयोग गरी बालविकास केन्द्र शैक्षिक सामग्री प्रयोग गरेर शिक्षण सिकाई विधि अनुसार सिकाईलाई प्रभावकारी बनाउन कक्षा १, २, ३, ४, ५ छापामय कक्षा कोठा बनाउनु पर्ने सेभद सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले सुझाव दिए ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोग तथा बिष्णुपुर गाउपालिकाको समन्वयमा बिधालय अनुगमन जनतामावि खुरहुरियामा पनि सरोकारवालाहरूले बिधालयको शैक्षिक गतिविधि सँगै कक्षा अवलोकन समेत गरिएको थियो ।
उक्त अवसरमा बिष्णुपुर गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश यादब, शिक्षा संया्जक अर्जुन यादब, शाखा अधिकृत सुभाष मण्डल, स्वास्थ शाखाका सुनिल यादब, सेभद सप्तरीका सचिव नरेन्द्र यादब, पत्रकार चन्दन यादव लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ