News Category 2079/05/31
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन दिनेको संख्या दिनँहु बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पहिलो दिन भदौ ३० गते सप्तरीमा १ हजार ६ सय ३ जनाले आवेदन दिएका थिए भने दोश्रो दिन भदौ ३१ गते सो संख्या बढेर २ हजार ३६ पुगेको छ ।
दुबै दिनको मिलाएर ३ हजार ६ सय ३९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार भर्ना खुलेको पहिलो दिनमा सप्तरीबाटै १ हजार ६ सय ३ जनाले सबैभन्दा बढी आवेदन दिएका छन् । प्रदेश भरि पहिलो दिन ६ हजार १ सय १६ पुरुष र २ हजार २ सय ९७ महिला गरी ८ हजार ४ सय १३ जनाको आवेदन परेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पहिलो दिन सर्लाहीबाट १ हजार ४ सय २२, सिरहाबाट १ हजार ९४, धनुषाबाट १ हजार ८४, रौतहटबाट १ हजार ६, महोत्तरीबाट ७ सय ८५, बाराबाट ७ सय २७ र पर्साबाट ६ सय ९२ आवेदन परेको छ ।
सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि भदौ ३० देखी असोज ६ गतेसम्म आवेदन दिन समय तोकेको छ ।
गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब÷भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ