News Category 2079/06/01
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
नवजात शिशु तथा ५ बर्षमुनीका बालवालिकाहरूको स्वास्थमा सुधार र मृत्युदर घटाउनुपर्नेमा जोड दिइएको छ ।
समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत स्वास्थकर्मिहरूका लागि ६ दिने आधारभुत क्लिनिकल तालिमको समापनको अवसरमा सो कुरामा जोड दिइएको हो ।
स्वास्थ कार्यालय सप्तरीको आयोजनामा तथा सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग शुक्रबार राजबिराजमा आधारभुत क्लिनिकल तालिम समापनको आयोजना गरिएको हो । उक्त अवसरमा स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामीको मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउनु पर्ने बताए । उनले सीप र ज्ञान लाई सही ठाउमा प्रयोग गरेर स्वास्थ चौकीमा दिएका सेवालाई अभिलेख र प्रतिवेदन बनाई रेकर्ड गरेर राख्न निर्देशन समेत दिए ।
प्रमुख यादबले नवजात शिशुलाई सुरक्षित गर्नका लागी सफा र सुख्खा गरेर न्यानो बनाई राख्ने, नवजात शिशुको श्वासप्रश्वास नलिलाई सिधा बनाउने, नवजात शिशुको श्वाप्रश्वास नलिलाई सकसन प्रयोग गरेर मुख नाक सफा गर्ने जस्ता उपायहरू अपनाएर नवजात शिशुलाई सुरक्षति गर्नुपर्ने बताए ।
तालिमका प्रशिक्षक जागेश्वर खड्गाले ५ बर्ष मुनीका वालवालिकाहरूलाई खोप, सरसफाई, बहुक्षेत्रिय पोषणको बारेमा स्वास्थ चौकी र गाँउघर क्लिनिकमा तालिममा सहजिकरण सिकेका कुराहरूलाई ब्यवहारमा उतार्दै सेवा दिन स्वास्थकर्मिहरूलाई आग्रह गरे ।
सबल नेपालका अध्यक्ष जुना गिरीले स्वास्थ चौकीलाई स्वस्थ बनाई स्वास्थ कार्यालयलाई ब्यबस्थापन गरी सहज वातावरण बनाउन स्वास्थकर्मिहरूलाई सुझाव दिइन् ।
सेभ द चिल्ड्रेनका स्वास्थ संयोजक देवकृष्ण भगतले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामी र मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउने लक्ष्य रहेको बताए ।
सप्तरीका खडक नगरपालिका र सुरूङ्गा नगरपालिकाका २४ जना स्वास्थकर्मिहरूको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वास्थ कार्यालयका अम्बिका ओली, जागेश्वर खड्गाले सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ