News Category 2079/06/02
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरी प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको पान मसाला लगायत अन्य सामानहरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार राती करिब ८ बजेतिर राजबिराज नगरपालिका वडा न. १६ बोरिया स्थित प्रहरी टोलीले दक्षीणबाट आउदै गरेको स.९.प.४५१३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका रजनीगन्धा ५९ र तुलसी पत्ता १ झोला बरामद गरेको छ । सो मोटरसाईकलमा सवार सप्तरीको छिन्नमस्ता गाँउपालिका ४ निवासी २२ वर्षिय कमलेश रजकलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल, सामानको मुल्याङकन गरी र व्यक्तिसहितलाई आवश्यक कारवाहीको लागी राजबिराज भंसार कार्यालय तिलाठी पठाइएको जनाएको छ ।
यस्तै प्रहरीले आइतबार बोदेबरसाईन नगरपालिका वडा नं. ७ कुशमहा स्थितमा भारतीय नम्बरको बीआर–०७ए.एच३३८० नं. को मोटरसाइकलसहित भारतको सितमढी बस्ने २० बर्षका बिकाश कुमार सहनीलाई भन्सार छली चोरी निकासी गरी ल्याएका २३ थान डसना बरामद गरेको छ ।
बरामद डसना, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय तिलाठी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ