News Category 2079/06/02

सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु

दैनिक समाचारदाता

सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २ असोज ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ ३ स्थित शम्भुनाथ पेट्रोल पम्प अगाडी शनिबार सिटि रिक्सा र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । 
    पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र.१–०१–००१–ह९६२२ नं.को सिटि रिक्शा र विपरित दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौता निवासी २२ वर्षिय अभय चौधरी छन् । प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारका लागी बिराटनगरस्थित नोबेल अस्ताल लगेकोमा मृत्यु भएको हो । 
    सिटी रिक्सा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस