News Category 2079/06/04
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सप्तरीको खडक नगरपालिका–४ पंसेराका ६७ वर्षीय रामअशिष पासवानले छोराको हत्यारालाई पक्राउ गर्न प्रहरीले चासो नदिएको गुनासो गरेका छन् ।
उनले मंगलबार पत्रकार सम्मेलन गर्दै छोरालाई कुटीकुटी मारिदिएको ४ महिनाबढी भइसकेको भन्दै यस्तो गुनासो गरेका हुन् । ‘प्रहरीले तदारुकता नदेखाउँदा घटनामा संलग्न ८ जनामध्ये अझैंसम्म १ जनालाई मात्र पक्राउ गरिएको छ’ उनले भने, ‘एकातर्फ पक्राउ परेको ती व्यक्तिलाई छोड्नसक्ने गाउँलेहरुले भनिरहेका छन् भने अर्कोतर्फ अन्य ७ जनालाई प्रहरीले अझैंसम्म पक्राउ गर्न सकेको छैन् ।’
उनले प्रहरीले तदारुकता नदेखाउँदा न्याय नपाउने आशंका बढ्दै गएको बताए । ‘गत वैशाख १२ गते राति छिमेकी रामचन्द्र पासवानकी छोरीको विहे थियो । जन्तीसँगै आएको डिजे बाजामा छिमेकी थारु (चौधरी) केटाहरु दारु खाएर नाचिरहेका थिए’ उनले भने, ‘ती केटाहरु आफ्नी नातिनीहरुलाई चिस्काउन थालेपछि मेरो छोरो सन्तलाल पासवानले त्यसो नगर्न आग्रह गरे, तत्काल उनीहरु पनि त्यहाँबाट गए । पछि केटाहरुको ग्याङ नै लिएर उनीहरु फर्किए र आफ्नै आँखा अगाडी छोरालाई अन्धाधुन्ध कुटपिट गर्न थाले ।’
२७ वर्षीय छोरा सन्तलाललाई बचाउने प्रयास गर्न लाग्दा आफुलाई हिर्काएर लडाइदिएको दुखेसो गरे । ‘पछि होस आउदा कुटपिटबाट छोरा गम्भिर घाइते भएपछि हस्पिटल लगेको रैंछ भनेर थाहा पाए र त्यसको भोली पल्ट (वैशाख १४ गते) उपचारकै क्रममा नोबेल अस्पताल विराटनगरमा छोराको मृत्यु भयो’ उनले भने, ‘न्यायको लागि पुलिस प्रशासनदेखि अदालतसम्म चौतर्फी गुहार गर्दै आइरहेका छौं तर अझैंसम्म न्याय भने पाएका छैनौं, न्याय नपाउदै मर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।’
उनका अनुसार घटनामा दिलीप चौधरी, विवेक चौधरी,सुशान्त चौधरी, गोविन्द चौधरी, दिनेश चौधरी, नविन चौधरी, राजु चौधरी, धनश्याम चौधरी संलग्न छन् । उनले छोरा सन्तलालको मृत्यु भएकै दिन दिलिप चौधरीलाई पक्राउ गरिए पनि अन्यलाई प्रहरीले पक्राउ नगरेको गुनासो गरे । ‘अन्यलाई कहिले पक्राउ गर्ने? र आफुहरुले न्याय कहिले पाउने?’ उनले भने, ‘बुढेसकालमा छोरा गुमाउनुको पीडा कसैले बुझेकै छैन्, गर्भवति बुहारी र २ वर्षीया नातिनीलाई हेर्दा जहिले छोराकै सम्झना आइरहन्छ, रात–रातभरि निन्द्रा नै लाग्दैन् ।’
रामअशिषसँगै पत्रकार सम्मेलनमा आएकी उनी पत्नी (मृतक सन्तलालकी आमा) ६० वर्षीया श्यामवति देवीले न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेकी छन् ।
उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ