News Category 2079/06/05
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
भन्सार कटाउँदा पनि प्रहरीले सामान खोसेर दुःख दिने गरेको एक महिलाले पत्रकार सम्मेलन मार्फत गुनासो गरेकी छिन् ।
राजविराज ७ की ४३ वर्षिया व्यवसायी सोनी खातुनले पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेकी हुन् ।
उनी राजविराजमा फुटफाटमा कपडा पसल संचालन गर्दै आएकी छिन् । आफु सीमावर्ती भारतीय बजार कुनौलीबाट कपडा खरीद गरि ल्याएको कपडाको भन्सार काटिसक्दा पनि पटक÷पटक त्यस क्षेत्रमा खटिएका घुमुवा प्रहरी जवान भाग्य नारायण साहले खोस्ने गरेको उनले रुदै सुनाईन ।
भन्सार काटीसकेको पुर्जा देखाउँदै उनले भनिन, “पुर्जा देखाउदा पनि घुमुवा प्रहरीले समान खोसेर लैजाने गरेका छन ।”
घुमुवा प्रहरी साहले आफुलाई भन्सार नकाट बरु महिनावारी मिलाउ सहज र सस्तो हुने प्रलोभन दिने गरेको र नमान्दा अनावश्यक दुःख दिन थालेको उनको गुनासो छ ।
पछिल्लो पटक भारतीय बजार कुनौलीबाट १ लाख भन्दा बढीको साडी ल्याएर भन्सार कार्यालयको गेट मै पुगी भन्सार काट्न तयार पारेको अवस्थामा ती साडी घुमुवा प्रहरी साहले खोसेर लगेको उनले सुनाईन ।
यता प्रहरी जवान साहले आफू ती महिलासँग चिनजान नभएको तर, भन्सार छलेर ल्याएको साडी जफत गरेको स्वीकार गरेका छन् । उनले आफूलाई नियतपूर्ण तरिकाले महिलाले बदनाम गर्न खोजेको स्पष्ट पार्दै कर छलेको सामानहरु जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिए ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटना बारे अनुसन्धान गरिरहेको र सत्यतथ्य बुझेर दोषिमाथी कारवाही गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ