News Category 2079/06/07
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
४३ औं सामाजिक सेवा दिवसको अवसरमा सवल नेपालले जनहित पवल लाल आधारभुत बिधालय बनरझुलालाई फरक क्षमता भएका बिधार्थीहरूको लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त बिधालयको बालवालिकाहरूको शिक्षा र स्वास्थ, खेलकुद, कक्षाकोठाको मर्मत सम्भार तथा कक्षाकोठाको भौतिक पुर्वाधार सुधारको साथै बिधालयको रंगरोघनका लागी ७ लाख बराबरको सहयोग गरेको सबल नेपालका समुन्नती कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
सो कार्यक्रममा खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरी, उपमेयर रिता चौधरी, खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सबल नेपालले शिक्षा, स्वास्थ क्षेत्रमा पु¥याएको सहयोग प्रशंसा गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष विरेन्द्र चौधरीले दातृ निकाय तथा सवल नेपालाई धन्यवाद दिदैँ सधै सहयोग अपेक्षा राख्दै समुदायिक विद्यालयमा लगानी बढाउन, अभिभावकहरुलाई नियमित विद्यालय अनुगमन गर्न विद्यालयलाई आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।
विद्यालयमा ९८ छात्र, १ सय १५ छात्रा गरि जम्मा २ सय १३ जना अध्यनरत रहेका छन् भने १३ जना फरक क्षमता भएका विद्यार्थीहरू छात्रावासमा रही अध्ययन गरि रहेको छ भने जसमा १० छात्र र ३ जना छात्रा रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ