News Category 2079/06/11
पर्यटन वर्ष २०२२ को शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
स्वदेशी तथा विदेशी अतिथीहरुको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सप्तरीका होटल तथा पर्यटन व्यवसायीले विश्व पर्यटन वर्ष २०२२ को शुभारम्भ गरेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको अगुवाईमा मंगलवार भारतीय पर्यटक भित्रीने प्रवेशद्वार भारदहस्थित प्रसिद्ध शक्तीपीठ कंकालिनी भगवती मन्दिर तथा राजविराज विमानस्थलमा आईपुगेका स्वदेशी एवं विदेशी पाहुनालाई स्वागत गरेर पर्यटन वर्ष २०२२ को शुभारम्भ गरिएको हो ।
यस अवसरमा सप्तरी उधोग बाणिज्य संघको सभाकक्षमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ ।

सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी मास्टर प्लान बनाएर बिकास गर्न सकिने बताएका छन् ।
उनले जिल्लाको पर्यटन क्षेत्रको बिकासका लागि धार्मिक पर्यटन क्षेत्रहरूको होडिंग बोड राखी ब्याप प्रचार प्रसार, पर्यटकहरूको ब्यबस्थित बसोवास गरी सबैको समन्वयमा पर्यटन क्षेत्रको बिकास गर्न सकिने उल्लेख गरे ।
होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीका अध्यक्ष शैलेश चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, मधेश प्रदेश उधोग बाणिज्य संघका उपाध्यक्ष अरुण प्रधान, जिल्ला अध्यक्ष लालु प्रसाद अग्रवाल, नाटाका प्रदेश उपाध्यक्ष हैदर अली, समाजसेवी सम्पत कोइराला, उमेश यादव लगायतले स्वागत सहित शुभकामना दिए ।
कार्यक्रमका अधिकाँश वक्ताले कोभिड पछिको पर्यटनलाई अगाडी बढाउन सरकारी तवरबाट हुनु पर्ने सहयोग नपाएको गुनासो पोखे । उनीहरुले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उधोगले ठुलो योगदान गरेको चर्चा गर्दै होटल उधोगलाई राष्ट्रि प्राथमिकतामा राख्न माग समेत गरे ।
यसअघि मंगलबारै जिल्लाको हनुमाननर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रोत्साहनका पर्यटकहरुलाई फुलमालाले स्वागत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ