News Category 2079/06/11
पर्यटन वर्ष २०२२ को शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
स्वदेशी तथा विदेशी अतिथीहरुको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सप्तरीका होटल तथा पर्यटन व्यवसायीले विश्व पर्यटन वर्ष २०२२ को शुभारम्भ गरेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको अगुवाईमा मंगलवार भारतीय पर्यटक भित्रीने प्रवेशद्वार भारदहस्थित प्रसिद्ध शक्तीपीठ कंकालिनी भगवती मन्दिर तथा राजविराज विमानस्थलमा आईपुगेका स्वदेशी एवं विदेशी पाहुनालाई स्वागत गरेर पर्यटन वर्ष २०२२ को शुभारम्भ गरिएको हो ।
यस अवसरमा सप्तरी उधोग बाणिज्य संघको सभाकक्षमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ ।

सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी मास्टर प्लान बनाएर बिकास गर्न सकिने बताएका छन् ।
उनले जिल्लाको पर्यटन क्षेत्रको बिकासका लागि धार्मिक पर्यटन क्षेत्रहरूको होडिंग बोड राखी ब्याप प्रचार प्रसार, पर्यटकहरूको ब्यबस्थित बसोवास गरी सबैको समन्वयमा पर्यटन क्षेत्रको बिकास गर्न सकिने उल्लेख गरे ।
होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीका अध्यक्ष शैलेश चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, मधेश प्रदेश उधोग बाणिज्य संघका उपाध्यक्ष अरुण प्रधान, जिल्ला अध्यक्ष लालु प्रसाद अग्रवाल, नाटाका प्रदेश उपाध्यक्ष हैदर अली, समाजसेवी सम्पत कोइराला, उमेश यादव लगायतले स्वागत सहित शुभकामना दिए ।
कार्यक्रमका अधिकाँश वक्ताले कोभिड पछिको पर्यटनलाई अगाडी बढाउन सरकारी तवरबाट हुनु पर्ने सहयोग नपाएको गुनासो पोखे । उनीहरुले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उधोगले ठुलो योगदान गरेको चर्चा गर्दै होटल उधोगलाई राष्ट्रि प्राथमिकतामा राख्न माग समेत गरे ।
यसअघि मंगलबारै जिल्लाको हनुमाननर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रोत्साहनका पर्यटकहरुलाई फुलमालाले स्वागत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ