News Category 2079/06/13
राष्ट्रपतिले संविधान उल्लंघन गरिन् ः सामाजिक विकास मन्त्री साह
दैनिक समाचारदाता
राजबिराज, १३ असोज ।
मधेश प्रदेशका सामाजिक बिकास मन्त्री नवलकिशोर साहले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता जस्तो संवेदनशिल विषयमा राष्ट्रपति गम्भिर नभएको आरोप लगाएका छन् ।
जसपा सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित बृहत अन्तरक्रिया तथा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले सो आरोप लगाएका हुन् ।
मन्त्री साहले राष्ट्रपतिले संबिधानको पालना नगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै सदनबाट बहुमतले पारित बिधेयकलाई प्रमाणिकरण नगरी संबिधानको उल्लंघन गरेको आरोप समेत लगाए ।
सोही कार्यक्रममा जसपा राजनैतिक समिति सदस्य एवं संविधानसभा सदस्य रन्जु ठाकुरले राष्ट्रपति भण्डारीलाई ससंदबाट पारित नागरिकता विधेयक रोक्ने अधिकार संविधानले नदिएको जिकिर गरिन ।
उनले राष्ट्रपति भण्डारीले नेपालको संविधानको उल्लंघन गरेको आरोप लगाउँदै एमाले देशमा संविधान उलंघन गर्ने सबैभन्दा अग्रपंक्तिमा रहेको पार्टी रहेको दाबी गरिन् ।
जसपा केन्द्रिय सदस्य विकास तिवारीले नागरिकताको समस्या मधेशीमाथी थुपार्ने तथा भ्रमको खेती गर्ने प्रतिगामी शक्तिको ईसारामा पदिय मर्यादा विपरीत कदम उठाएर राष्ट्रपतिले नाङ्गो नाच देखाएको बताए । राष्ट्रपतिको कदमले देशलाई अन्तर्राष्ट्रिय जगतमै बदनाम गराएको भन्दै देशको प्रतिष्ठालाई जोगाउन राष्ट्रपतिको कदम विरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।
त्यस्तै जसपा राजनीति समिति सदस्य बिनोद चौधरीले नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गर्न एमाले लागि परेर नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे ।
जसपा जिल्ला अध्यक्ष केदार यादबले नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर जसपा पार्टी अझै पनी संघर्षमा नै रहेको भन्दै उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी रहने बताए ।
यसैगरी जसपा नेता प्रभाकर यादबले पहिचान, प्रतिनिधित्व, सामाबेशिता र अधिकारका लागि उत्पीडित समुदायहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनैतिक समिति सदस्य विशेश्वर रजक, केन्द्रिय सदस्यहरु चित्त नारायण यादव, कैलाश यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समिति सचिब युसुफ अलि, मधेश प्रदेश समिति सदस्य एवम सप्तरी जिल्ला ईन्चार्ज कौशेन्द्र यादव, सदस्य शिवशंकर यादव, अमृत साफी, मधेश प्रदेश परिषद सदस्य उपेन्द्रक स् प्रसाद साह, जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण प्रसाद यादव, ४ का अध्यक्ष अरविन्द कुमार यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष मनिस यादव, युवा नेता राज नारायण यादव लगायतले बोल्दै नागरिकता विधेयक प्रमाणीकरण नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ