News Category 2079/06/14
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार सप्तरी आउने भएका छन् । उनी पार्टीको राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए ।
उनले आमसभाका लागि जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने जनाउँदै पार्टीका युथहरुलाई स्वयसेवकको रुपमा परिचालन गर्ने जनाए ।
जिल्लाको कञ्चनरूप नगरपालिकास्थित धर्मेश्वर अस्पताल नजिक रहेको मैदानमा हुन लागेको जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली, पार्टीका नेता महेश बस्नेत, प्रभु साह, रघुविर महासेठ, लिलानाथ श्रेष्ठ, सिता सुवेदी र किरण पौडेल समेतको सहभागिता रहने जानकारी दिइएको छ ।
सोही पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले सोही जनसभामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको जानकारी दिएका छन् ।
यस्तै पार्टीका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज राजकुमार लेखीले जनसभाको तयारी पुरा भईसकेको जानकारी दिए । उनले जनसभामा १५ वटा समूहमा आदिवासी, जनजाती लगायतकाले झाँकी प्रदर्शनका साथै कला संस्कुति प्रस्तुत गरिने र कलश यात्राका कार्यक्रम समेत रहेको जानकारी दिए ।
आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव देवनाथ यादव, नेसार मियाँ, देविबहादुर खत्री, हिरन्य कुमार गुप्ता लगायतका उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ