News Category 2079/06/15
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
राजविराज÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई–मधेश विरोधी नभएको स्पष्ट बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटिले शनिवार सप्तरीको क्षेत्र नं. १ कञ्चनरुप नगरपालिकाको सिमरास्थित धर्मेश्वर चौक मैदानमा आयोजना गरेको मधेश प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटि घोषणा तथा आमसभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा स्पष्ट पारेका हुन् ।
आमसभालाई सम्बोधन गर्दै उनले अरुले बीस वर्षमा गर्न नसकेको काम आफुुले आफ्नो तीन वर्ष कार्यकालमा गरेर देखाइदिएको दावी समेत गरे । आफु प्रधानमन्त्री रहेको बेला मधेश विकासका लागि गरीब जनता आवास, हुलाकी राजमार्ग, चक्रपथ निर्माण, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, आधुनिक कृषि उत्पादन वृद्धि लगायतका दर्जनौं कार्यक्रम ल्याएको उनले बताए ।
उनले देशको रक्षा गर्ने विकासका गतिलाई तीब्र पार्ने पार्टी एमाले मात्र भएको दावी गर्दै केही राजनीतिक दल, समूह र व्यक्तिले आफ्नो स्वार्थका लागि एमाले मधेश विरोधी पार्टी भएको भ्रम फैलाउने गरेको आरोप समेत लगाए ।
उनले नागरिकता विधयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफल नै नगरी विधयकलाई जस्ताको जस्तै पठाएर सरकारले गलत नियत देखाएको आरोप लगाउँदै मंसिर ४ गतेको निर्वाचन पछि एमाले नेतृत्वको सरकार बन्ने र एक महिनाभित्रमा नागिरकता समस्या पनि समाधान गर्ने बताए ।
गठबन्धन दलहरुको भरमा दम्भ देखाउँदै विधयकमा अनावश्यक कुरा राखेर प्रतिपक्षीसँग कुनै छलफलनै नगरी नागरिकता विद्येयक दोश्रो पटक पनि जस्ताको त्यस्तै पठाएको उनको भनाई थियो ।
जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिक्ता दिने पक्षमा एमाले सदैव रहेको भन्दै उनले वर्तमान गठबन्धन सरकारले अनावश्यक बखेडा झिकेको बताए । वर्तमान गठबन्धन सरकारले १४ महिनामा देशको अर्थतन्त्रलाई ओरालो मात्र लगाएनन् उनले भने ‘गठबन्धनको राजनीतिक गरेर प्रतिस्पर्धाको नाममा एक आपसमा द्वन्द फैलाउने र जनतालाई भ्रममा पार्ने काम समेत गरेका छन् ।
उनले वर्तमान सरकारलाई घुँढा टेक्ने सरकारको संज्ञा दिदै भने–‘कसैले सिमा मिचेपनि घुँडा टेक्ने र चु सम्म नबोलेर कार्यकर्ताको प्रदर्शन गर्ने गरेका छन् ।‘
उनले गठबन्धन दलका नेताको आचरणले तराई–मधेशका आम नागरिकले दुःख भोग्नुपरेको चर्चा गर्दै एमालेनै न्याय गर्ने दावी गरे । २०७४ को निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको आफ्नो पार्टीले यसपल्ट उत्साहजनक परिणाम ल्याउने उनले दावी समेत गरे । यसपल्ट मधेशमा पनि आफ्नो पार्टीमा जनताको आकर्षक बढेको छ, उल्लेख्य संख्यामा अन्य दलका नेता÷कार्यकर्ता प्रवेश गरिरहेका छन्, ओलीले भने– अहिले पनि अन्य दलका धेरै नेता कार्यकर्ता एमालेमा आउन आतुर छन् ।
२०७३ फागुन २३ मा पार्टीको मेची–महाकाली अभियान लिएर सप्तरीकै मलेठमा एमालेले ओलीकै उपस्थितिमा आयोजना गरेको चुनावी सभा मधेशवादी दलले विथोल्न खोज्दा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । त्यो घटनाको करिब साढे पाँच वर्षपछि ओली सप्तरी आएका हुन् ।
यद्यपी मधेशवादी दलले फेरीपनि विरोधका कार्यक्रम गर्न सक्ने आकलन गरेका एमालेले यसपल्ट भने कार्यक्रम स्थल सदरमुकाम बाहिर पूर्व–पश्चिम राजमार्गमा पर्ने कञ्चनरुप नगरपालिकामा उनको कार्यक्रमलाई दृष्टिगत गरी कार्यक्रम स्थल र आपपास क्षेत्रमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको थियो ।
सो सभामा ओलीले जसपा मधेश प्रदेश कमिटि सदस्य रिता यादवसहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ८ सय ५५ जनालाई फुल माला र अबिर लगाई स्वागत गरे ।
उक्त सभाबाटै ओलीले मधेश प्रदेश निर्वाचन परिचाल कमिटि समेत घोषणा गरे । राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटिका अध्यक्ष मोविन आलमको अध्यक्षतामा आयोजित सभामा एमाले नेता महेश बस्नेत, समुन प्याकुरेल, मनिष श्रेष्ठ, राजकुमार लेखी, दिवाकर देवकोटा, सरिता गिरी, किरण पौडेल लगायतले पनि सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ