News Category 2071/07/17
चार बु“दे शर्तसहित गोईत वार्तामा आउन तयार
दैनिक संवाददाता
राजविराज, १६ कात्तिक ।
स्वतन्त्र तराईको माग राख्दै विगत एक दशकदेखी तराईमा सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोईतले विभिन्न चार बुँदे शर्तसहित नेपाल सरकारसँग आफु वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।
सप्तरीका केही सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै मोर्चाका अध्यक्ष गोईतले वार्ताकालागि नेपाल सरकारले विश्वासिलो वातावरण निर्माण गरे आफु वार्ता गर्न सदैव तयार रहेको बताउनुभएको हो ।
संयुक्त राष्ट्र संघको मध्यस्थतामा नेपाल सरकारले आफुसित वार्ता गर्नुपर्ने, वार्ता अघि आफ्ना नेता कार्यकर्ताहरुमाथि लगाएको मुद्दा फिर्ता गर्नुपर्ने, क्रमशः बन्दी रिहाई हुनुपर्ने र स्वतन्त्र रुपमा अभिब्यक्ति स्वतन्त्रतासँगै आफ्नो आन्दोलन स्वतन्त्रपूर्वक गर्न पाउनुपर्ने शर्त अध्यक्ष जयकृष्ण गोईतको छ ।
तर, अध्यक्ष गोईतले वर्तमान सरकारमा रहेका ठूला दलका नेताहरुले नै वार्ताको औचित्य नराखेकाले वार्ताको विश्वासिलो वातावरण बन्ने वा नबन्नेमा आफु शशंकित रहेको विचार ब्यक्त गर्नुभयो । जहिले पनि आफु संयुक्त राष्ट्र संघको मध्यस्थतामा वार्ताकालागि तयार भएपनि राज्यले उल्टै दमनको नीति ल्याएर झन स्थिती बिगारेको उहाँको आरोप छ ।
एक अर्को प्रसङ्गमा उहाँले डा. सीके राउत र आफ्नो मोर्चाको लक्ष्य एउटै रहेपनि बाटो फरक रहेको र राउतको अभियानमा अहिले तराई मधेसका युवाहरुको विचारमा ब्यापक फेरबदल भईरहेकोलाई सकारात्मक भन्नुभयो । शान्तिपूर्णढंगले आफ्नो अभिब्यक्ति दिएकै कारण डा. सीके राउतलाई राज्यले पक्रेर जेलमा राखेको, तर ग्रेटर नेपालको नाममा अभियान चलाउनेहरु नेपालको नक्सा नै बढाए सगरमाथा उक्त नक्सासहितको झण्डा फहराउँदासमेत राज्य सरकार चुप लागेर बस्नुले तराई मधेसका बासिन्दाप्रति विभेद देखाएको अध्यक्ष गोईतको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ