News Category 2079/06/24
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पार्टी विपरित मनोनयन पत्र दर्ता गराएका सम्पूर्ण उम्मेदवारलाई नेपाली काँग्रेस सप्तरीले मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।
पार्टीका जिल्ला सचिव सनत मण्डलद्वारा जारि विज्ञप्तिमा मनोननय फिर्ता लिई पार्टीका आधिकारी उम्मेदवारलाई जिताउन आग्रह गर्दै सो नगरिए पार्टी विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
सोही विज्ञप्तिमा काँग्रेस पाँच दलिय गठबन्धन भित्र रहेकोले यसमा आवद्ध अन्य दलहरुबाट पनि गठबन्धन बिपरीत उम्मेदवारी दिएकोमा उनीहरुलाई पनि मनोनयन फिर्ता लिई गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिएको छ ।
यता गठबन्धनको सहमति अनुसार भागमा परेको सिटमा सहमती विपरित गठबन्धन दल भित्रकै पार्टीले अर्काे उम्मेदवार खडा गर्नू उपयुक्त नहुने काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको भनाई छ ।
उनले भने, “केन्द्रमा सहमती भएपनि जिल्लामा विथोल्नु उचित होइन, उनले भने–यसबारे गठबन्धन दलका शिर्ष नेताका साथै स्थानीयस्तरमा पनि पहल शुरु भएको छ ।” नामावली सच्याउने र उम्मेदवारी फिर्ता लिने समय दुई दिन बाकी भएकाले समस्या समाधान हुने विश्वास गरिएको छ, उनले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ