News Category 2079/06/26
पार्टीका उम्मेदवार बिरुद्ध दिएका उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तापक्षिय गठबन्धनका उम्मेदवार बिरुद्ध गठबन्धनका कुनै पार्टीका सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।
गठबन्धन भित्र रहेको लोसपा बाहेकका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीले मंगलबार संयुक्त रुपमा जारि प्रेस विज्ञप्तिमार्फत सो निर्देशन दिइएको छ ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अधयक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारि विज्ञप्तिमा भनिएको छ, “पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएका सदस्यहरुले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।”
“निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।” विज्ञप्तिमा भनिएको छ ।
यता पाँच दलिय गठबन्धन भित्र रहेको लोसपाका अध्यक्षको हस्ताक्षर नरहेको विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ