News Category 2079/06/26
पार्टीका उम्मेदवार बिरुद्ध दिएका उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तापक्षिय गठबन्धनका उम्मेदवार बिरुद्ध गठबन्धनका कुनै पार्टीका सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।
गठबन्धन भित्र रहेको लोसपा बाहेकका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीले मंगलबार संयुक्त रुपमा जारि प्रेस विज्ञप्तिमार्फत सो निर्देशन दिइएको छ ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अधयक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारि विज्ञप्तिमा भनिएको छ, “पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएका सदस्यहरुले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।”
“निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।” विज्ञप्तिमा भनिएको छ ।
यता पाँच दलिय गठबन्धन भित्र रहेको लोसपाका अध्यक्षको हस्ताक्षर नरहेको विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ