News Category 2079/06/26
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
सप्तरीको छिन्नमस्तामा कार्यरत एक सशस्त्र प्रहरीका असईको मृत्यु प्रकरणमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खड्का हेडक्वाटर तानिएका छन् ।
असोज २० गते बिहीबारका दिन छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा दिउँसो २ बजे शव फेला परेको थियो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको नग्न अवस्थामा शव फेला परेको थियो ।
असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।
यता घटना बारे अनुसन्धानका क्रममा बुधबार सशस्त्र प्रहरी उपरिक्षक खड्का हेडक्वाटर तानिएका हुन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले पोष्टमार्टमको रिपोर्ट अझै आइनसकेकोले असईको मृत्यु घटना बारे स्पष्ट भन्न सक्ने आधार नरहेको बताए । यद्दपी अनुसन्धान जारि रहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ