News Category 2079/06/29
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
राजविराज÷सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार संकलनमा खटिएका सप्तरीका सञ्चारकर्मीहरुलाई शनिबार सशस्त्र प्रहरीले अवरोध गरेको छ ।
विष्णुपुर गाउँपालिका गोरगामास्थित सशस्त्र प्रहरीको ६ नम्बर हेडक्ववाटरले समाचार संकलनमा पत्रकारलाई अवरोध गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवसहित कान्तिपुरका अवधेशकुमार झा, आरएन विश्वास, एभिन्यूजकर्मी बैद्यनाथ यादव, सञ्चारकर्मीद्धय विद्यानन्द राम र सौरभ रामलाई समाचार संकलनमा सशस्त्र प्रहरीले अवरोध गरेको हो ।
उक्त हत्याकाण्डमा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता रहेको समाचार लगातार प्रशारण गर्न भएपछि पत्रकारमाथि सशस्त्र प्रहरीको नजरिया नकारात्मक देखिएको हो ।
सोही प्रकरणमा सप्तरीका पत्रकारहरुले सशस्त्र प्रहरीको हेडक्वाटरको भिडियो लिन खोज्दा सशस्त्र प्रहरीले रोक लगाएको हो । पत्रकारले अनुमति लिएर हेडक्वाटर प्रवेशद्धारको मात्र भिडियो खिच्ने भन्दा पनि यही हत्याकाण्डकै सोधपुछका लागि केन्द्रीय हेडक्वाटर तानिएका गणका प्रमुख एसपी प्रदीप खडकाले माथिको आदेशअनुसार खिच्न नमिल्ने भन्दै समाचार संकलनमा अवरोध गरेका हुन् ।
यस विषयमा सशस्त्र प्रहरीकाका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले पत्रकारलाई भिडियो खिच्न नदिने कुनै नीति नभएपनि लगातार समाचार प्रशारण नगर्न पत्रकारलाई टेलिफोनमा आग्रह गरे ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समाचार संकलनमा सशस्त्र प्रहरीले पत्रकारलाई रोक लगाउनु भनेको प्रेस स्वतन्त्रतामाथि सोझै हस्तक्षेप भएको भन्दै सशस्त्र प्रहरीको उक्त कार्यको भत्र्सना गरेको छ । महासंघका सचिव आरएन विश्वासले सशस्त्र प्रहरीलाई नेपालको संविधानभित्र रहेर पत्रकारलाई समाचार संकलनमा रोक लगाउन कुनै अधिकार नभएको प्रतिक्रिया दिए ।
गोरगामास्थित सशस्त्र प्रहरीको हेडक्वाटरमा दरबन्दी भई बिओपी छिन्नमस्ता कार्यरत असई सत्यनारायण यादव गत असोज १८ गते देखि वेपता भएको थियो । दुई दिनपछि असोज २० गतेको उनको शव सिमावर्ती बिहारको जिरोगास्थित घोडदह खोलामा फेला परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ