News Category 2079/06/30
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
सप्तरीका वरिष्ठ दानवीर एवं समाजसेवी जोगेन्द्र भगत पनि यस पल्टको निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । उनी लामो समयदेखी सप्तरीमा समाजसेवामा संलग्न छन् ।
नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति समेत रहेका भगत जिल्लाको शम्भुनाथ नगरपालिका स्थायीवासी हुन् । राजविराज नगरपालिकामा समेत घर भएका भगत विगत तीन दशकदेखी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीको सभापतीको जिम्मेवारी बहन गर्दै आएका छन् ।
उनी यस पल्ट जिल्लाको क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र क बाट उम्मेदवार बनेका छन् । भगत सो क्षेत्रबाट जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार हुन् ।
यसै क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट वर्तमान प्रदेशसभा सदस्य नेपाली काँग्रेसका मो.समिम र मनोनयनपत्र दर्ता कै दिन काँग्रेस परित्याग गरी जनमत पार्टी प्रवेश गरेका राम प्रसाद मण्डल पनि जनमत पार्टीबाट चुनावी मैदानमा छन् ।
रुपनी गाउँपालिकामा नेपाल प्रहरी अस्पताल, शम्भुनाथ नगरपालिकामा सशस्त्र प्रहरीको विद्यालय र राजविराज नगरपालिकामा ठाको देवी माध्यमिक विद्यालय लगायत जिल्लाका विभिन्न स्थानहरुमा भौतिक संरचना निर्माणका लागी आफ्नो करोडौ मुल्य पर्ने जग्गा दान समेत गरेर भगतले वरिष्ठ दानवीरको उपाधी समेत पाएका छन् ।
“राजनीति पनि समाजसेवा नै हो, यो सेवा पनि गरेर हेरौं न त ।” आफ्नो जीवनको उत्तरार्धमा राजनीतिमा आउनुका कारण बारे भगतसँग जिज्ञासा राख्दा उनले भने, “मैले जिवन समाज सेवामै बिताए, जिवनको अन्तिम समयमा राजनीतिको माध्यमबाट जनताको सेवा गर्ने इच्छा छ ।”
उनले देश र जनताको सेवा वाहेक आफनो अन्य कुनै स्वार्थ नरहेको बताउँदै जनताले अवसर प्रदान गर्ने विश्वास समेत ब्यक्त गरेका छन् ।
२८ हजार ४४ पुरुष, २६ हजार २ सय ३ महिला तथा अन्य ३ गरी कुल ५४ हजार २ सय ५० मतदाता रहेको यस क्षेत्रमा शम्भुनाथ नगरपालिकाको १२ मध्ये ११ वडा तथा रुपनी गाँउपालिका र विष्ण्ुापुर गाउँपालिका पर्दछ ।
यस्तै नेमकिपाबाट अनमोल यादव, नेकपाका गिरीजा कुमारी चौधरी, बहुजन एकता पार्टी नेपालका जय प्रसाद राम, नागरिक उन्मुक्ती पार्टीका त्रिभुवन चौधरी, राप्रपाका विष्णु चौधरी, राप्रपा नेपालका राम कुमार यादव तथा स्वतन्त्रबाट गनु प्रसाद साह, राजेश प्रसाद यादव, राम कुमार यादव, मो.कादिर, मो.आलम, महेन्द्र प्रसाद चौधरी, संजिव नारायण यादव, पप्पु कुमार यादव र धर्म नारायण साह गरी १८ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ