News Category 2079/06/31
सबलले ल्यायो १८ करोडको बजेट

दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
सबल नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० मा १८ करोड भन्दा बढीको बजेट तय गरेको छ ।
सबल नेपाल सप्तरी राजविराजले २०७९÷८० का लागी प्रस्तावित सौर्य उर्जा प्रर्बद्धन, खानेपानी तथा सरसफाई, कृषि तथा समुन्नती लगायतका कार्यक्रम सफल कार्यान्वयनका लागी उक्त बजेट तय गरेको जनाएको छ ।
सोमवार राजविराजमा आयोजित संस्थाको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष जुना गिरीले गत आ.ब.२०७८÷७९ को वार्षिक प्रतिवेदन तथा चालु आ.ब. २०७९÷०८० का लागी तय गरिएको वार्षिक कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएकी हुन् ।
आयोजित सभामा चालु आ.व.२०७९÷८० मा सम्मुन्नती कार्यक्रमका लागी ५ करोड ८५ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ६ करोड ८५ लाख, सौर्य उर्जा प्रर्वद्धन तर्फ १५ लाख ७४ हजार तथा शुद्ध खानेपानी माथी सर्वसाधारणको सहज पहूँचका लागी ३५ लाख ५० हजार बजेट तय गरिएको जनाइएको छ ।
यस्तै दैवी प्रकोप राहत तथा कोरोना रोकथाम तथा सहयोग तर्फ ३ करोड ५० लाख, पुर्ण सरसफाई अभियान तर्फ १ करोड ५० लाख, कृषिमा आधारित कार्यक्रमका लागी ४५ लाख ३५ हजार तथा संस्था संचालन तर्फ ६५ लाख ९५ हजार गरी कुल १८ करोड ७१ लाख ९४ हजारको बजेट तय गरिएको अध्यक्ष गीरीद्वारा प्रस्तुत प्रतिवेदनले देखाएको छ ।
यस्तै थप नयाँ प्रस्तावित कार्यक्रम अनुसार बालविवाह मुक्त र पुर्ण सरसफाई युक्त पालिका बनाउन र युवा लक्षित विभिन्न कार्यक्रम संगै जिल्लाको खेलकुदको अवस्थालाई सुधारका लागी सम्बन्धित निकाय संग पहल र सहकार्य गर्ने लगायतका विभिन्न ७ बुंदे नयाँ कार्यक्रम समेत ल्याइएको छ ।
संस्थाकी अध्यक्ष गिरीको अध्यक्षता तथा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा सेभ द सप्तरीका अध्यक्ष एवं गैसस महासंघका वरिष्ठ उपाधयक्ष धु्रव देव, सेभ द चिल्ड्रेनका खिलानाथ निरौला, जिल्ला शिक्षा समन्वय एकाइका राजदेव यादव, निरज गिरी लगायतले प्रस्तावित कार्यक्रमको सफल कार्यान्वयनका लागी शुभकामना दिए ।
आयुष श्रेष्ठद्वारा संचालित कार्यक्रममा संस्थाका संस्थापक अशोक साहले अतिथीहरुको स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ