News Category 2079/06/31
सबलले ल्यायो १८ करोडको बजेट
दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
सबल नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० मा १८ करोड भन्दा बढीको बजेट तय गरेको छ ।
सबल नेपाल सप्तरी राजविराजले २०७९÷८० का लागी प्रस्तावित सौर्य उर्जा प्रर्बद्धन, खानेपानी तथा सरसफाई, कृषि तथा समुन्नती लगायतका कार्यक्रम सफल कार्यान्वयनका लागी उक्त बजेट तय गरेको जनाएको छ ।
सोमवार राजविराजमा आयोजित संस्थाको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष जुना गिरीले गत आ.ब.२०७८÷७९ को वार्षिक प्रतिवेदन तथा चालु आ.ब. २०७९÷०८० का लागी तय गरिएको वार्षिक कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएकी हुन् ।
आयोजित सभामा चालु आ.व.२०७९÷८० मा सम्मुन्नती कार्यक्रमका लागी ५ करोड ८५ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ६ करोड ८५ लाख, सौर्य उर्जा प्रर्वद्धन तर्फ १५ लाख ७४ हजार तथा शुद्ध खानेपानी माथी सर्वसाधारणको सहज पहूँचका लागी ३५ लाख ५० हजार बजेट तय गरिएको जनाइएको छ ।
यस्तै दैवी प्रकोप राहत तथा कोरोना रोकथाम तथा सहयोग तर्फ ३ करोड ५० लाख, पुर्ण सरसफाई अभियान तर्फ १ करोड ५० लाख, कृषिमा आधारित कार्यक्रमका लागी ४५ लाख ३५ हजार तथा संस्था संचालन तर्फ ६५ लाख ९५ हजार गरी कुल १८ करोड ७१ लाख ९४ हजारको बजेट तय गरिएको अध्यक्ष गीरीद्वारा प्रस्तुत प्रतिवेदनले देखाएको छ ।
यस्तै थप नयाँ प्रस्तावित कार्यक्रम अनुसार बालविवाह मुक्त र पुर्ण सरसफाई युक्त पालिका बनाउन र युवा लक्षित विभिन्न कार्यक्रम संगै जिल्लाको खेलकुदको अवस्थालाई सुधारका लागी सम्बन्धित निकाय संग पहल र सहकार्य गर्ने लगायतका विभिन्न ७ बुंदे नयाँ कार्यक्रम समेत ल्याइएको छ ।
संस्थाकी अध्यक्ष गिरीको अध्यक्षता तथा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा सेभ द सप्तरीका अध्यक्ष एवं गैसस महासंघका वरिष्ठ उपाधयक्ष धु्रव देव, सेभ द चिल्ड्रेनका खिलानाथ निरौला, जिल्ला शिक्षा समन्वय एकाइका राजदेव यादव, निरज गिरी लगायतले प्रस्तावित कार्यक्रमको सफल कार्यान्वयनका लागी शुभकामना दिए ।
आयुष श्रेष्ठद्वारा संचालित कार्यक्रममा संस्थाका संस्थापक अशोक साहले अतिथीहरुको स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ