News Category 2079/07/02

काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग

दैनिक समाचारदाता

काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. १ (ख)को उपसभापति भगवत्ति प्रसाद यादबले साधारण सदस्यसमेत नरहने गरि बुधबार पार्टी परित्याग गरेका छन् ।  
    उनी नेपाली काग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको क्षेत्र नम्बर १ (ख)को उपसभापति पदमा निर्वाचित भएका थिए ।
    उनीद्वारा जारि प्रेस विज्ञप्तिमा पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधरण सदस्य एवं उपसभापति पदबाट समेत राजिनामा दिएको उल्लेख गरिएको छ ।
    यसअघि उनी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए । फोरम लोकतान्त्रिक र नेपाली काँग्रेसबीच एकीकरणपछि उनी काँग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रिय उपसभापतिमा निर्वाचित भए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट