News Category 2079/07/04

काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश

दैनिक समाचारदाता

काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ स्थित डिमनमा जसपाद्वारा आयोजित घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र जनमत पार्टीका एकसय भन्दा बढी स्थानिय नेता तथा कार्यकर्ता जसपामा बिहीबार प्रवेश गरेका छन् । 
    प्रवेश गर्नेहरुमा नेपाली काँग्रेस सप्तरी १ को प्रदेश समिति ख का उपसभापति भगवतीप्रसाद यादवदेखी निवर्तमान वडाअध्यक्ष एवं जनमत पार्टीका तर्फबाट हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदबार रहेका मनोज कुमार यादव छन् ।
    नवप्रवेशीहरुलाई जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवारसमेत रहेका मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले फुलमाला र अबिर लगाई स्वागत गरे ।
    प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा जिल्लामा पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ । दुईसाता यता विभिन्न दलका क्रियाशिल सदस्य एवं पदाधिकारीसहित ५ सय भन्दा बढीले दल परिवर्तन गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट