News Category 2079/07/04
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको आरोप लगाएका छन् ।
सप्तरीको महादेबा गाउँपालिकास्थित बलिया मठमा विहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफुहरु अझैं संघर्षरत रहेको बताउँदै शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको रहेको उल्लेख गरे ।
उनले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेशी जनतालाई शोषण गर्दै आएकाले जसपाले मात्र मुक्ति दिलाउने दाबी समेत गरे । पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे ।
विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै उनले भने, “सप्तरी मेरो जन्मभूमी भएकोले यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालय शिक्षा पनि यहीं प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएँ ।
कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी, राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व सांसद रञ्जु ठाकुर, महिला नेता सावित्री पन्डित, महदेवा गाउँपालिकाका पुर्व अध्यक्ष दिपक कुमार यादव लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ