News Category 2079/07/04
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको आरोप लगाएका छन् ।
सप्तरीको महादेबा गाउँपालिकास्थित बलिया मठमा विहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफुहरु अझैं संघर्षरत रहेको बताउँदै शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको रहेको उल्लेख गरे ।
उनले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेशी जनतालाई शोषण गर्दै आएकाले जसपाले मात्र मुक्ति दिलाउने दाबी समेत गरे । पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे ।
विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै उनले भने, “सप्तरी मेरो जन्मभूमी भएकोले यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालय शिक्षा पनि यहीं प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएँ ।
कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी, राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व सांसद रञ्जु ठाकुर, महिला नेता सावित्री पन्डित, महदेवा गाउँपालिकाका पुर्व अध्यक्ष दिपक कुमार यादव लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ