News Category 2079/07/04
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ ।
यस क्षेत्रमा जनमत पार्टीबाट पुर्व माओवादी नेता महेश यादव, सत्तारुढ गठबन्धनबाट पुर्व मन्त्री एवं माओवादी नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादवबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
४५ हजार ४ सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा महेश, उमेश र लक्ष्मण बीच नै हुने मतदाताको आकलन छ ।
यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदन लाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल संघिय समाजवादी पार्टीका मो.परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्द कुमार दास र स्वतन्त्र तर्फ सकुन्तला देवी यादव, रिंकु देवी यादव, गंगा राम यादव, निरज कुमार शाही र दुर्गानन्द यादव पनि च्ुनावी मैदानमा छन् ।
यस क्षेत्रमा राजविराज नगरपालिकाको सबै १६ तथा महादेवा गाउँपालिकाको २ वटा वडा पर्दछ । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार ३ सय ४५ र एमालेले १ हजार ३ सय ८७ मत प्राप्त गरेको थियो ।
यस्तै माअोवादीका प्रमुखका उम्मेदवारले ५ हजार ४ सय ४६, काँग्रेसका प्रमुखका उम्मेदवारले ४ हजार ७ सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले ३ हजार ४ सय ८१, एकिकृत समाजवादीका प्रमुखका उम्मेदवारले २ हजार ८ सय ९० मत ल्याएका थिए ।
यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले १ हजार १ सय ७ मत ल्याएको थिए । यस मतभारको आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलियो देखिन्छ ।
अघिल्लो चुनावमा यस क्षेत्रबाट संघिय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिए । उनी यस पल्ट समानुपातीक तर्फका उम्मेदवार बनेका हुन् । त्यतिबेला उनका निकटतम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका महेश यादव अहिले सो पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदार बनी दोश्रो पल्ट चुनावी मैदानमा उत्रेका हुन् ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष समेत रहेका महेशको राजविराज नगरपालिका क्षेत्रमा राम्रै पकड भएको धेरैको आकलन छ । सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरिरहेका छन् । ग्रामिण क्षेत्रमा भने ३ वटै उम्मेदारको मतभार उस्तै उस्तै रहेको प्रदेशसभा निर्वाचनलाई नजिकबाट नियाली रहेका राजनीतिक विशलेषकहरु बताउँछन् ।
एउटै पार्टीमा रहेका महेश र उमेश पछिल्लो केही वर्ष यता फरक गुटमा रहेपनि निर्वाचनमा पार्टी नै परिर्वतन गरी महेश सहयात्री उमेशको प्रतिस्पर्धी नै बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस क्षेत्रबाट जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार लक्ष्मण यादव पनि प्रतिस्पर्धामा छन् । एमालेसँग गर्नू परेको गठबन्धनको कारणबारे कार्यकर्ता र मतदातालाइ सम्झाउँदै लक्ष्मण पनि जित निकाल्ने दाउमा छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ