News Category 2079/07/05
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त
राजविराज÷सप्तरीको क्षेत्र नं. २ को प्रदेश सभा क मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिश सिंह र लोसपाका युवा नेता सरोज मंडलबीच त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।
मन्त्री शैलेन्द्र साह जसपा–एमाले गठबन्धन, सतिश सिंह जनमत पार्टी तथा सरोज मण्डल सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन ।
यस क्षेत्रबाट नेमकिपाका विनादेवी यादव, नेपाली काँग्रेस (विपी)का रामनारायण राय, हाम्रो नेपाल पार्टीका कन्हैया कुमार ठाकुर, जनता प्रगतिशील पार्टीका सत्य नारायण मुखिया, राप्रपा नेपालका कालीचरण राय, राप्रपाका जयनारायण मंडल पनि चुनावी मैदानमा छन् । यस्तै स्वतन्त्र तर्र्फ चन्द्रकला सिंह, पुनिता कुमारी ठाकुर, कामेश्वर मंडल, रजत सिंह, रुपेश मंडल, गिरिधर मंडल र धीरेन्द्र कुमार साह पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा कुल ४९ हजार ९ सय १८ मतदाता रहेका छन् । यस क्षेत्रमा तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका तथा महादेवा गाउँपालिकाको ४ वटा वडा पर्दछ ।
स्थानिय निर्वाचनको मत परिणामका आधारमा सत्तारुढ गठबन्धन दलको कुल मत २१ हजार ५ देखिएको छ । जसपा–एमाले गठबन्धनको पक्षमा भने ७ हजार ४ सय ३६ मत देखिएको छ । यस मतभारको आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवार सरोज प्रतिस्पर्धी उम्मेवार जसपा–एमाले गठबन्धनका शैलेन्द्र भन्दा झण्डै १४ हजार मतले अगाडि तथा सुविधामा देखिन्छन ।
स्थानीयतहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकामा काँग्रेस र छिन्नमस्ता तथा महादेवा गाउँपालिकाको प्रमुख पद लोसपाको पोल्टामा गएको छ । यो क्षेत्रमा पर्ने ३ पालिका मध्ये कुनै पनि पालिकाको प्रमुखमा जसपाले खाता खोल्न सकेन ।
त्यती बेला माओवादीमा रहेका सरोज पार्टी परिवर्तन गरी लोसपामा र राजपामा रहेका शतिष अहिले जनमत पार्टीमा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन् ।
प्रदेशसभाको निर्वाचनमा स्थानियतहको प्राप्त मत फेरबदल हुन नदिन मंडल कम्मर कसेर लागेका छन् । २०७४ सालको चुनावमा संघीय समाजवादी फोरम पार्टीबाट उम्मेदवार रहेका शैलेन्द्रलाई तत्कालिन राजपा हालको लोसपाको साथ र सहयोग थियो ।
त्यती बेला उनको निकटम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका सरोज मंडल पार्टी परिवर्तन गर्दै अहिले लोसपाबाट फेरी उम्मेदवारी दिएपछि शैलेन्द्रका लागि चुनौती बनेका छन् । शैलेन्द्रलाई यसपल्ट तत्कालिन राजपा र हालका लोसपाको पनि साथ छुटेको छ ।
२०७४ को स्थानीयतहको निर्वाचनमा राजपाबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष पद जितेका हाल जनमत पार्टी प्रवेश गरी उम्मेदवार बनेका सतिषको पनि यस क्षेत्रमा बलियो पकड रहेको धेरै को आंकलन छ । यसै क्षेत्रको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको साथ पनि सतिशले पाउने धेरैले अनुमान व्यक्त गरेका छन् । मधेश प्रदेश क्रिकेट संघका सदस्यसहित विभिन्न आधा दर्जन सामाजिक संघ÷संस्थामा आबद्ध समेत रहेका सिंह पहिलो पल्ट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा उम्मेदवार बनेपछि दुबै गठबन्धनको समेत मत तानेर चुनाव जित्ने दाउमा छन् । उनको उम्मेदवारीले पनि मन्त्री शैलेन्द्रलाई चुनौति थपिएको अनुमान गरिदै छ ।
जसपा–एमाले गठबन्धनका उम्मेदवार मन्त्री शैलन्द्र पनि मधेश आन्दोलनका क्रममा अग्रमोर्चामा थिए । तर अहिले नागरिक्ता विधेयक प्रमाणिकरणमा एमाले र राष्ट्रपतिको भुमिका तथा मधेश आन्दोलनका बेलामा मधेश विरोधी अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओली विरुद्ध आक्रोश कायमै रहेको बेला सोही पार्टीसँग यसपटक जसपाले गठबन्धन गरेको प्रति नकारात्मक टिप्पणी समेत उठ्ने गरेको छ । एमालेसँगको गठबन्धनलाई तालमेल मात्र भएको बताउँदै आएका उनी पछिल्लो ५ वर्षमा आफुले गरेको विकासले मतदाताको मन र निर्वाचन दुवै जित्ने दावी गर्दे आएका छन् । चुनावी घरदैलोका क्रममा सबै उम्मेदवारले विकास निर्माण र मधेशको मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ