News Category 2079/07/06
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट समानुपातिमा मधेश प्रदेशसभा सदस्यका लागि नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता आइतबार जसपामा प्रवेश गरेका छन् । लोसपाका केन्द्रिय सदस्य समेत रहेकी पुनम यादवको पार्टीले समानुपातिक सूचीमा १४औं नम्बरमा नाम सिफारिस गरेको छ ।
राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, अमरकान्त झा लगायत नेताहरु जसपामा प्रवेश गरेका हुन् ।
यसैगरी सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसका प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु पनि जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।
नव प्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरे ।
मधेश केन्द्रित शक्तिहरुसँग चुनावी तालमेल नगरी केही नेताहरुले व्यक्तिगत स्वार्थका कारण प्रलोभनमा परि थोरै सीटमा सम्झौता गरेर पार्टीलाई नै सिध्याउने काम गरेको नवप्रवेशीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ