News Category 2071/07/20
`“सभासदको हैसियतले मण्डललाई काम गर्न दिने” सर्वोच्चको फैसला
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
दोश्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र न. २ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका अशोककुमार मण्डल अमरलाई सर्वोच्च अदालतले सभासदको हैसियतले काम गर्न संविधानसभा अदालतले लगाएको रोक फुकुवा गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ तथा सदस्यद्वय न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले बुधबार मण्डललाई संविधानसभा सदस्यकै हैसियतका काम गर्न दिने फैसला गरेको हो ।
सप्तरी निर्वाचन क्षेत्र न. २ को राजाजी प्राथमिक विद्यालय वनरझुल्ला क मतदान केन्द्रमा मतदाता भन्दा बढी मत खसेपछि गत मंसिर ४ गतेको निर्वाचन बदर गरेर ६ गते पुनः मतदान भएको थियो । चुनावमा धाँधली भएको भन्दै सद्भावना पार्टीका उम्मेदवार नवलकिशोर साह रामबाबुले संविधान सभा अदालतमा उजुरी दिएका थिए ।
तर, पुनः मतदानमा गर्दा प्रत्यक्ष तर्फ मात्र मतदान गराइएको पाइएको भन्दै अदालतले यो संविधानसभा ऐन विपरित भएको ठहर गरेको गर्दै माघ ८ गते मण्डललाई सभासदको हैसियतमा काम गर्न रोक लगाएको थियो ।
मण्डलले ६ हजार ५७ मत पाएका थिए भने साहले ५ हजार ६ सय २४ मत पाएका थिए । सभासद मण्डलले तिन महिना सम्म संविधानसभा सदस्यको हैसियतका काम गर्न नदिन अन्तरिम आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ