News Category 2079/07/06
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ का सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जय प्रकाश ठाकुरले आइतबार एक कार्यक्रमबीच स्थानिय स्तरका २६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
राजविराजस्थित पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि उनले स्थानियस्तरका विभिन्न २६ बुँदे योजना समेटेर तयार पारिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि स्थानियस्तरका मुद्दा समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जिल्लामै उनी पहिलो उम्मेदवार हुन् ।
कृषि क्षेत्रको प्रवद्र्धन कार्यक्रम अन्तरगत सिंचाईको उचित प्रवन्ध, प्रत्येक वडामा स्टेट बोरिङ, समयमै मलखाद बिउबिजनको व्यवस्था, गाउँ तथा नगर ब्लकका जग्गाधनीलाई लाल पूर्जाको व्यवस्थापन, रोजगारी सृजनाका लागि कम्तिमा एक हजार बेरोजगार यूवालाई रोजगारीका लागि विभिन्न योजनाको कार्यान्वयन लगायतका मुद्दालाई पनि उनले प्राथमिकतामा राखेको प्रतिबद्धता पत्रमा उनले उल्लेख गरेका छन् ।
यस्तै रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण कार्यलाई विशेष प्राथमिकतामा राखिएको छ भने सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग पहल गरि जिल्लासम्म बिस्तार गर्न लागि पर्ने, जिर्ण र उद्योगबिहीन अवस्थामा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सुधार र उद्योगहरुको स्थापना, गजेन्द्र नारायण सिंह अस्पतालको स्तरोन्ती गरि बाहिर जानु पर्ने अवस्थाको अन्त्य, जिल्लाकै सबभन्दा पुरानो महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्तरोन्ती, राजविराजमा व्यवस्थित बस पार्कको यथासिघ्र संचालन, गजेन्द्र नारायण सिंह संग्राहालय र प्राविधिक शिक्षा तालिम केन्द्रको स्थापना उनले प्रतिबद्धता पत्रमा समेटेका छन् ।
त्यसैगरि राजरंगशालाको स्तरोन्ती, राजविराजमा अन्तराष्ट्रिय क्रिकेट खेल मैदानको निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि विशेष कार्यक्रम लगायतका विषय समेत उनले समेटेका छन् ।
उनले गठबन्धन भित्र कुनै समस्या नरहेको दाबी गर्दै एक ढिक्का भई अघि बढेको र सफलता निश्चित रहेको बताए ।
सत्तारुढ गठबन्धनले राष्ट्रियस्तरका मुद्दा समेटेर घोषणा पत्र सार्वजनिक गरे पनि आफूले स्थानिय स्तरमा देखिएका थप समस्यालाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको र चुनाव जितेपछि त्यसको अक्षरस पालना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ