News Category 2079/07/12
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
धानुक मण्डल उत्थान समितिले पाँच जना जेष्ठ नागरिक र पाँच जना जेहेन्दार विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउमा शनिबार आयोजित उक्त कार्यक्रममा स्वजातीय मण्डल अन्तर्गत पर्ने बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर बस्ने ९४ वर्षीय सजनी देवी मण्डल, राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ८९ वर्षीय खुशीलाल मण्डल, छिन्नमस्ता ६ कोचाबखारी बस्ने ८४ वर्षीय बौकाई मण्डल, डक्ही बिहार बस्ने ८३ वर्षीय नथुनी मण्डल, राजगढ ५ मलेकपुर बस्ने ८१ वर्षीय अजानबती देवी धनुकाईन सहितलाई दोसाला, फुलको माला र अविर लगाई आयोजकले सम्मान गरेको हो ।
त्यसैगरी स्वजातीय मण्डल भित्र पर्ने एसइइतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छिन्नमस्ता ६ खुदिबखारी बस्ने अंकित मण्डल, डाक्नेश्वरी नगरपालिका ८ बस्ने भिमपुर बस्ने कल्पना कुमारी मण्डल, बिष्णुपुर ७ बिष्णुपुर बस्ने संतोष कुमार मण्डल, बसन्त कुमार मण्डल र राजगढ ४ पिपरा बस्ने शिवकुमार मण्डललाई डायरी, डटपेन, ज्योमेट्री बक्स र प्रमाणपत्रसहित फुलको माला र अबिर लगाई उनीहरूको उज्जवल भबिष्यको कामना गर्दै सम्मन गरिएको आयोजक समितिले जनाएको छ ।
बिष्णुपुर गाउँपालिका ५ का वडा अध्यक्ष जिबछ मण्डलको प्रमुख आतिथ्य तथा मैन्जन राजकुमार मण्डलको अध्यक्षता तथा धानुक मण्डल उत्थान समिति परगना जगदर क्षेत्र नम्बर २ र ३ द्वारा आयोजित कार्यक्रममा समितिका सचिव अमरनाथ मण्डल, सदस्य सत्यनारायण मण्डल, हिरालाल मण्डल, रामकुमार मण्डल, दिनेशवर मण्डल, जगदीश मण्डल, विद्यार्थी तर्फबाट कल्पना कुमारी मण्डल लगायतले आफ्ना मन्तव्य दिएका थिए । त्यस्तै शुभकामना मन्तव्य तेजनारायण मण्डल तथा कार्यक्रम संचालन सत्यदेव मण्डलले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ