News Category 2079/07/12
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
धानुक मण्डल उत्थान समितिले पाँच जना जेष्ठ नागरिक र पाँच जना जेहेन्दार विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउमा शनिबार आयोजित उक्त कार्यक्रममा स्वजातीय मण्डल अन्तर्गत पर्ने बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर बस्ने ९४ वर्षीय सजनी देवी मण्डल, राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ८९ वर्षीय खुशीलाल मण्डल, छिन्नमस्ता ६ कोचाबखारी बस्ने ८४ वर्षीय बौकाई मण्डल, डक्ही बिहार बस्ने ८३ वर्षीय नथुनी मण्डल, राजगढ ५ मलेकपुर बस्ने ८१ वर्षीय अजानबती देवी धनुकाईन सहितलाई दोसाला, फुलको माला र अविर लगाई आयोजकले सम्मान गरेको हो ।
त्यसैगरी स्वजातीय मण्डल भित्र पर्ने एसइइतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छिन्नमस्ता ६ खुदिबखारी बस्ने अंकित मण्डल, डाक्नेश्वरी नगरपालिका ८ बस्ने भिमपुर बस्ने कल्पना कुमारी मण्डल, बिष्णुपुर ७ बिष्णुपुर बस्ने संतोष कुमार मण्डल, बसन्त कुमार मण्डल र राजगढ ४ पिपरा बस्ने शिवकुमार मण्डललाई डायरी, डटपेन, ज्योमेट्री बक्स र प्रमाणपत्रसहित फुलको माला र अबिर लगाई उनीहरूको उज्जवल भबिष्यको कामना गर्दै सम्मन गरिएको आयोजक समितिले जनाएको छ ।
बिष्णुपुर गाउँपालिका ५ का वडा अध्यक्ष जिबछ मण्डलको प्रमुख आतिथ्य तथा मैन्जन राजकुमार मण्डलको अध्यक्षता तथा धानुक मण्डल उत्थान समिति परगना जगदर क्षेत्र नम्बर २ र ३ द्वारा आयोजित कार्यक्रममा समितिका सचिव अमरनाथ मण्डल, सदस्य सत्यनारायण मण्डल, हिरालाल मण्डल, रामकुमार मण्डल, दिनेशवर मण्डल, जगदीश मण्डल, विद्यार्थी तर्फबाट कल्पना कुमारी मण्डल लगायतले आफ्ना मन्तव्य दिएका थिए । त्यस्तै शुभकामना मन्तव्य तेजनारायण मण्डल तथा कार्यक्रम संचालन सत्यदेव मण्डलले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ