News Category 2079/07/14
उम्मेदवार पनि छठघाटमा भोट माग्दै
दैनिक समाचारदाता
राजविराज, १३ कातिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका कतिपय उम्मेदवार पूजा स्थल पुगि छठी ब्रतालु र भक्तजनसँग भेटघाट र शुभकामना दिँदै सहयोगका लागि आग्रह गरेका छन् ।
सप्तरीको क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लोकतान्त्रिक बाम गठबन्धनका जयप्रकाश ठाकुर र जसपा–एमाले गठबन्धनका उम्मेदवार समेत रहेका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष सीके राउत समेत सदरमुकाम राजविराजस्थित छठी घाटहरुमा पुगि शुभकामना दिनुका साथै निर्वाचनमा आ–आफ्नो पक्षमा मतदान गरि सहयोगका लागि ब्रतालु र श्रद्धालुसँग आग्रह गर्दै हिडेका थिए ।
सो अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको बताए ।
उनले मधेशबाट मनाउन थालिएको छठ राष्ट्रि«य पर्वको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको उल्लेख गरे ।
संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भईरहेकोले यसपाली जसपाका उम्मेदवारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुले आफ्नो ताकत देखाउन समेत उनले आह्वान गर्दै सम्पूर्ण नेपाली जनताको सुख, समृद्धि एवम् कल्याणका लागि छठी मातासँग कामना समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ