News Category 2079/07/14
दण्ड प्रणाम गर्दै पूजाघाट
दैनिक समाचारदाता
राजविराज, १३ कातिक ।
धार्मिक सहिष्णुता र आपसी सदभावका लागी प्रसिद छठ पर्व अन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।
व्रतालुले सूर्यलाई अर्घ दिएर आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् । सप्तरीको सप्तकोशी नदीको किनारमा ५ सय भन्दा बढी पुजाघाट बनाइएको छ । त्यहाँ हनुमाननगर कंकालिनी नगरपालिकाका साथै सुनसरीसहित सीमावती भारतको भीमनगर, विरपुृर, सिमराही आसपासबाट समेत आएका व्रतालु छठ पर्वमा सरिक भएका छन् ।

कतिपय ब्रतालु दूई तीन घण्टासम्मको बाटो दण्ड–प्रणाम गर्दै छठ पर्वको घाटसम्म पुगेका छन् । सडकमा सुतेर हातले चिहनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड–प्रणाम भनिन्छ । यसरी दण्ड प्रणाम गर्दै पूजास्थल पुग्नेहरुमा राजविराज ४ की संगिता राई, राजविराज ३ की सुमित्रा स्वर्णकार, राजविराज ७ की सुलोचना साहलगायत एक दर्जन भन्दा बढी ब्रतालु छन् । कोही भाकल गरेका त कोही भाकल पुरा भएकाहरु यसरी घरबाट घिस्रिएर पूजा घाट पूगि अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
यता सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, शिव, पुर्णी लगायतका पोखरी किनारमा बनाइएका पूजाघाटमा पनि हजारौ भक्तजनको उपस्थितीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिए ।
जिल्लाका प्रमुख जलाशय ध्वजापातकासहित छठी मैयाका गीतले गुण्जिएका छन् । श्रद्धालुले विभिन्न सजावटका साथ छठ पर्व मनाइएरहेका छन् । सजी सजाउ घाटमा छठी पर्वका भक्तजन र व्रतालुको भीड लागेको छ ।
श्रद्धालुको अत्याधिक चापलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले छठ पुजास्थल तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सोमवार विहान अस्ताउँदो सूर्यलाई अर्घ दिएपछी लोक आस्थाको चार दिने महान छठ पर्व सम्पन्न हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ