News Category 2079/07/15
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका ६५ वर्षिय मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले मंगलबार राजविराजमा १९ औं पटक प्रदर्शन गरेका छन् ।
लामो समयदेखी फरार रहेका मिटर ब्याजी साहलाई पक्राउ गर्न माग गर्दै गाउँ गाउँबाट आएका मिटर ब्याजी साह र उनका परिवारबाट पीडितहरु स्थानिय शिव मन्दिर प्राङ्गणमा भेला भई प्रदर्शन गरेका हुन् ।
मिटर ब्याजी साहलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेकाले बिरोध प्रदर्शनमा उत्रेको साह परिवारको मिटर ब्याजबाट पीडितहरुद्वारा गठन गरिएको संघर्ष समितिका संयोजक मो. तैयब अलीले बताए । आफूहरुलाई घरबार बिहीन बनाउने साहलाई प्रहरीले अझ फेला पार्न नसकेकोले न्याय पाउन नसकेको प्रदर्शनमा सहभागि ललितादेवी मण्डलले सुनाइन् ।
सप्तरीका एक दर्जन भन्दा बढी पीडितहरुले साहुकार रामदेव साहसहित उनको परिवारका सदस्यमाथी ६ महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई पक्राउ गरेपनि रामदेव अझै फरार छन् ।
ठगि तथा अपराधिक विश्वासघात मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतको आदेशले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् । रामदेवको खोजिकार्य भने जारि रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पीडितहरुले दिएको निवेदनमा १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुँपैया साहुकार रामदेवसँग ऋण लिएको उल्लेख छ । त्यसको ब्याज वापत हुन आउने रकम र साँवा तिरिसक्दा पनि धितो वापत मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न रामदेव नमानेको पीडितहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ