News Category 2079/07/18
सहकारी ब्यवस्थापक क्लव गठन
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
सहकारीका ब्यवस्थापकहरुको क्लव सहकारी ब्यवस्थापक क्लव सप्तरीको स्थापनाका लागि प्रारम्भिक छलफल सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक राजबिराज शाखाको समन्वयमा सप्तरी जिल्लाका सहकारीकर्मीहरु भेला भएर सहकारीका ब्यवस्थापकहरुलाई एक्यबद्ध बनाउने उद्देश्यले क्लव गठन गर्न लागिएको हो ।
प्रारम्भिक छलफलबाट क्लवलाई मुर्तरुप दिनको लागि तदर्थ संचालक समिति, बिधान मस्यौदा उपसमिति र सल्लाहकार समिती निमार्ण गरी शुक्रबारैका दिनबाट क्लब गठन प्रकृयालाई अगाडि बढाउने कार्यको थालनी गरिएको छ ।
आइडियल सहकारी संस्थाका व्यवस्थापक बिनोद कुमार साफिको अध्यक्षतामा सात सदस्यीय तदर्थ सञ्चालक समिती गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा नबोदय सहकारी संस्था राजबिराजकी ब्यवस्थापक नैना कुमारी यादव, सचिवमा मनकामना बहुउद्देश्यीय सहकारी संस्थाबाट दिपककुमार खड्का साथै कोषाध्यक्षमा सहयोगि बचत तथा ऋण सहकारी संस्थाका ब्यवथापक बिनोद कुमार दास मनोनित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा नेपाल सहकारीका शंकर प्रसाद साह, जनमुखी बहुउद्देश्यीय सहकारीका राजकुमार देव र जनज्योति कृषि सहकारीका मनोज कुमार यादव सर्वसम्मत मनोनित भएका छन् ।
शुक्रबारको भेलामा क्लब गठन तथा दर्ता प्रकृया र आगामी कार्य योजना बारेमा छलफल भएको छ । तदर्थ सञ्चालक समितीको अतिरीक्त तीन सदस्यीय बिधान मस्यौदा र ५ सदस्यीय सल्लाहकार उपसमिती समेत भेलाले गठन गरेको छ ।
कार्यक्रमको सहजिकरण राष्ट्रिय सहकारी बैंक राजबिराजका प्रमुख चन्द्रमणी भट्टराईले गरेका थिए । उक्त भेलाको संयोजकत्व फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक इश्वरी प्रसाद नेपालले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ