News Category 2079/07/18
सहकारी ब्यवस्थापक क्लव गठन
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
सहकारीका ब्यवस्थापकहरुको क्लव सहकारी ब्यवस्थापक क्लव सप्तरीको स्थापनाका लागि प्रारम्भिक छलफल सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक राजबिराज शाखाको समन्वयमा सप्तरी जिल्लाका सहकारीकर्मीहरु भेला भएर सहकारीका ब्यवस्थापकहरुलाई एक्यबद्ध बनाउने उद्देश्यले क्लव गठन गर्न लागिएको हो ।
प्रारम्भिक छलफलबाट क्लवलाई मुर्तरुप दिनको लागि तदर्थ संचालक समिति, बिधान मस्यौदा उपसमिति र सल्लाहकार समिती निमार्ण गरी शुक्रबारैका दिनबाट क्लब गठन प्रकृयालाई अगाडि बढाउने कार्यको थालनी गरिएको छ ।
आइडियल सहकारी संस्थाका व्यवस्थापक बिनोद कुमार साफिको अध्यक्षतामा सात सदस्यीय तदर्थ सञ्चालक समिती गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा नबोदय सहकारी संस्था राजबिराजकी ब्यवस्थापक नैना कुमारी यादव, सचिवमा मनकामना बहुउद्देश्यीय सहकारी संस्थाबाट दिपककुमार खड्का साथै कोषाध्यक्षमा सहयोगि बचत तथा ऋण सहकारी संस्थाका ब्यवथापक बिनोद कुमार दास मनोनित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा नेपाल सहकारीका शंकर प्रसाद साह, जनमुखी बहुउद्देश्यीय सहकारीका राजकुमार देव र जनज्योति कृषि सहकारीका मनोज कुमार यादव सर्वसम्मत मनोनित भएका छन् ।
शुक्रबारको भेलामा क्लब गठन तथा दर्ता प्रकृया र आगामी कार्य योजना बारेमा छलफल भएको छ । तदर्थ सञ्चालक समितीको अतिरीक्त तीन सदस्यीय बिधान मस्यौदा र ५ सदस्यीय सल्लाहकार उपसमिती समेत भेलाले गठन गरेको छ ।
कार्यक्रमको सहजिकरण राष्ट्रिय सहकारी बैंक राजबिराजका प्रमुख चन्द्रमणी भट्टराईले गरेका थिए । उक्त भेलाको संयोजकत्व फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक इश्वरी प्रसाद नेपालले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ