News Category 2079/07/19
मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड

राजबिराज÷मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन ।
मैथिली साहित्य परिषदद्वारा शनिबार राजविराजमा आयोजित मैथिली भाषाको बिकासका लागि उम्मेदवारहरूको अवधारणा कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ को (२) प्रदेशसभा उम्मेदवार लक्ष्मण यादबले आफु निर्वाचित भएमा मैथिली भाषाको बिकासका लागि मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्ने प्रतिबधता जनाए ।
सोही क्षेत्रका अर्का उम्मेदवार खेलानन्द दासले मैथिली भाषाको बिकास लागि भाषालाई सरकारी भाषाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी उम्मेदवार महिदेव चौधरीले मैथिली भाषाको बिकासका बिधापतिको सम्झनामा प्रतिमा स्थापना गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै सोही क्षेत्रका उम्मेदवार प्रतिमा देवले मैथिली बिकासका लागि मैथिली पुस्तकालयको ब्यबस्थापन गरी संचालनमा ल्याउने बताईन ।
मैथिल साहित्य परिषद अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पुर्व अध्यक्ष बिष्णु मण्डल, मैथिल महिला परिषदकी पूर्व अध्यक्ष मिना ठाकुर, अन्तर्राष्ट्रिय महिला परिषद महासचिव करूणा झा लगायतले मैथिली भाषाको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ