News Category 2079/07/19
मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड
राजबिराज÷मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन ।
मैथिली साहित्य परिषदद्वारा शनिबार राजविराजमा आयोजित मैथिली भाषाको बिकासका लागि उम्मेदवारहरूको अवधारणा कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ को (२) प्रदेशसभा उम्मेदवार लक्ष्मण यादबले आफु निर्वाचित भएमा मैथिली भाषाको बिकासका लागि मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्ने प्रतिबधता जनाए ।
सोही क्षेत्रका अर्का उम्मेदवार खेलानन्द दासले मैथिली भाषाको बिकास लागि भाषालाई सरकारी भाषाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी उम्मेदवार महिदेव चौधरीले मैथिली भाषाको बिकासका बिधापतिको सम्झनामा प्रतिमा स्थापना गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै सोही क्षेत्रका उम्मेदवार प्रतिमा देवले मैथिली बिकासका लागि मैथिली पुस्तकालयको ब्यबस्थापन गरी संचालनमा ल्याउने बताईन ।
मैथिल साहित्य परिषद अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पुर्व अध्यक्ष बिष्णु मण्डल, मैथिल महिला परिषदकी पूर्व अध्यक्ष मिना ठाकुर, अन्तर्राष्ट्रिय महिला परिषद महासचिव करूणा झा लगायतले मैथिली भाषाको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ