News Category 2079/07/19
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
राजविराज÷सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुले संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई यसपटक जनताले जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।
शनिबार विहान राजविराज नगरपालिका वडा ७ मा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरु संग भेट्दै उनले जनताको गुनासो र समस्या समाधान गर्न आफू जुनसुकै बेला पनि तयार रहने बताएका हुन् ।
आफू निर्वाचित भएपछि यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता जनाएका उनले आफू जिते यस क्षेत्रको विकासका लागि मतदाता सामु जारि गरेको ३० बुँदे प्रतिबद्धता समेत पूर्ण रुपमा पालना गर्ने जनाए ।
विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै नेता ठाकुरले विकासका काममा आफू सधै अगाडि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । नेता ठाकुरले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए ।
सोही क्रममा सप्तरी २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले यो गठबन्धन चुनाव भरीको लागि मात्र नभई मंसिर ४ पछि पनि लामो समय सम्म कायम रहने दावी गरे । यो गठबन्धन संविधान रक्षाको लागि र संविधान बचाउनको लागि भएको उल्लेख गर्दै उनले भने, ‘लोकतान्त्रिक बाम गठबन्धको उम्मेदवारहरुको पक्षमा मतदान गरी सहयोग गर्नुहोस् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ