News Category 2079/07/19
आन्दोलनहरुले ल्याएको उपलब्धी संस्थागतका लागि अझैं संघर्ष आवश्यक रहेको उपेन्द्र यादवको भनाई
राजविराज÷जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायत अन्य विभिन्न आन्दोलनहरुले ल्याएको उपलब्धी संस्थागतका लागि अझैं संघर्षको आवश्यकतामा जोड दिएका छन् ।
शुक्रवार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मधेश विद्रोह लगायत त्यसका पुरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो तर, अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’ उनले भने अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफु मधेशलाई आधारभूमी बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले संघीयता र गणतन्त्र जस्ता उपलब्धी हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भईरहेको बताए ।
मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफुहरुको लागि गौरबको विषय रहेको उनको कथन थियो । सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रुपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्व विद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पुरा भएपछि जिल्लामा विकासले गति लिने दावी दोहर्याए ।
जिल्लामा रहेको औद्योगिक क्षेत्रको पूर्ण क्षमताका साथ सञ्चालन तथा औद्योगिक वातावरणका लागि भारतीय सिमावर्ती क्षेत्र न्यौरदेखि सप्तरीको राजविराज हुँदै गाईघाट सोलु जोड्ने सडक निर्माणको काम अगाडि बढिसकेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ