News Category 2079/07/19
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राजविराज÷राजविराजमा शनिवार अत्याधुनिक प्रविधि र सुविधासहितको पन्ध्र शैय्याको सगरमाथा आँखा अस्पताल प्रा.लि. संचालनमा आएको छ ।
उक्त अस्पतालको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईसरव प्रवीणले उद्घाटन गरेकी छिन् । सो अवसरमा उनले अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित उपकरण र विशेषज्ञहरुको टोलीबाट एकै थलोमा आँखा सम्बन्धि सबै खाले रोगको उपचार सेवा उपलब्ध हुनु यस भेगका जनताका लागि अति खुशीको कुरा भएको बताइन ।
सो अवसरमा अस्पतालका प्रबन्धक अफाक अनवरले अस्पतालमा आँखा सम्बन्धि सबै खाले रोगको विशेषज्ञ चिकित्सक टोली तथा प्रविधियुक्त मेसिनबाट सस्तो र स्तरीय उपचार सेवा प्रदान गरिने जानकारी दिएका छन् । भिजन परिक्षण, मोतियाबिन्दु, जलबिन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुल प्लाष्टि, आँखाको नानी प्रत्यारोपन देखि आँखाको जटिल प्रकृतिका सबैखाले शल्यक्रिया र रोगको उपचार यस अस्पतालमा गरिने उनले बताए ।
उनले अस्पतालमा विराटनगर आँखा अस्पतालका पुर्व निर्देशक तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. संजय कुमार सिंह, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रोहित सैजु र डा. गोविन्द पौडेल सहितको चिकित्सक टोलीले नियमित उपचार सेवा प्रदान गर्ने जानकारी दिए ।
आफुले विगत एक दशकदेखि बिराटनगर र काठमाडौंस्थित विभिन्न आँखा अस्पतालमा यही पेशा अँगालेको अनुभवले यस्तो आट गरेको उनको भनाई छ ।
अस्पतालले नेत्र विशेषज्ञको अभावलाई पूर्ति गर्न नेपाल तथा भारतको नेत्र चिकित्सकको लागि फेलोसिप प्रोग्राम तथा पारामेडिकलका लागि प्राथमिक लेभलको ‘आँखा स्वास्थ्य कार्यकर्ता’ जस्ता छोटो अवधिको तालिमहरु संचालन गरेर जनशक्ति उत्पदानमा जोड दिने गुरुयोजना समेत तयार पारेको जनाएको छ । राजविराजमै यति ठूलो लगानी र प्रविधिबाट संचालनमा आएको यो पहिलो अस्पताल भएको संचालकको दावी छ ।
अधिकांश नागरिक स्वास्थ्य उपचारका लागि धरान, विराटनगर तथा छिमेकी राष्ट्र भारतको विभिन्न सहरमा पुग्ने गरेका छन् । तर यस अस्पताल संचालनमा आएपछि अन्यन्त्र जानु पर्ने राजविराज र आसपासका नागरिकको समस्या अब टरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ