News Category 2079/07/20
विद्यापति स्मृती पर्व मनाइयो
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
कवि कोकिल विद्यापतिको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् तथा आवद्ध संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
तीन दिवसीय कार्यक्रम अन्तरगत शुक्रबार साहित्यिक गोष्ठी तथा शनिबार “मैथिली भाषाको विकासप्रति प्रतिनिधिसधा र प्रदशेसभाका उम्मेदवारहरुको अवधारण” विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको परिषद्ले अन्तिम दिन आइतबार झाँकी प्रदर्शन, श्रद्धाञ्जलीसभा तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
स्थानिय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट विद्यापतिको महत्व झल्किने आकर्षक झाँकीसहित निस्केको जुलुस नगर परिक्रमा पश्चात् मैथिली भवनमा पुगि श्रद्धाञ्जली सभा तथा सम्मान समारोहमा परिणत भएको थियो ।
परिषद्का अध्यक्ष सतिशकुमार दत्तको सभापतित्वमा आयोजित सभामा मधेशी आयोगका अध्यक्ष बिजय दत्त, सदस्य आभासेतु सिंह, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, परिषद्का पूर्वअध्यक्ष द्वय विष्णु मण्डल, विवेकानन्द मिश्र, पूवंसांसद शिवचन्द्र मिश्र, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मिना ठाकुर, अन्तराष्ट्रिय मैथिल परिषद्की अध्यक्ष अध्यक्ष करुण झा लगायतले विद्यापतिको प्रतिभा र विद्धता बारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
सो अवसरमा यस पटकको शिवदत्त मिश्र स्मृती पुरस्कारबाट प्रसिद्ध गायक गुरुदेव कामत र बिजेन्द्र बिनोद स्मृती कला पुरस्कारबाट देवेन्द्र साह सोनीलाई सम्मानित गरिएको छ ।
यस्तै लक्ष्मी–विवेका पत्रकारिता पुरस्कारबाट अजय साह शिवाली र शोभा देव मैथिली स्मृति पुरस्कारबाट सप्तरीको पहिलो महिला शिक्षिका बच्ची मिश्रा पनि सम्मानित भएकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ