News Category 2079/07/20
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार आयोजना गरेको जिल्ला स्तरिय अभिमूखीकरण कार्यक्रममा जिल्लामा आचार संहिताको व्यापक उल्लघंन भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले तीन–तीन पटक सर्वदलिय बैठक राखेर ध्यानाकर्षण गराउँदा पनि आचार संहिताको उल्लघंन हुन नछाडेको प्रति दललगायत उम्मेदवारहरु गम्भिर हुनुपर्ने बताएका छन् ।
यसअघि तीन पटक आचार संहिता पालना बारे छलफल राखिसकिएको बताएका उनले आचार संहिता पालनाका बारेमा सरोकारवालाहरुलाई राखेर छलफल गर्ने जानकारी दिएका छन् ।
निर्वाचन स्वच्छ, मर्यादित, भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि आचार संहिताको पालना पनि प्रमुख आवश्यकता रहेको बताउँदै उनले अझै पनि यसको उल्लघंन भइरहेको स्वीकार गरेका छन् ।
निर्वाचनमा सुरक्षाका लागि सप्तरीसित सीमाना जोडिएको भारतका जिल्ला सुपौल र मधुवनीस्थित डिस्ट्रिक्ट मजिस्ट्रेट र एसपी समक्ष बारम्बार कुरा भइरहेको जानकारी दिँदै उनले निर्वाचन आचार संहिता पालना गरि निर्वाचन सफलताका साथ सम्पन्न गर्नका लागि सहयोगको आग्रह पनि गरे ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निर्वाचनको आचार संहिता उल्लंघन गर्नेलाई ध्यानाकर्षण गराउने, स्पष्टिकरण सोध्ने र केही सीप नलागे उम्मेदवारी नै रद्दको प्रावधान समेत रहेको जानकारी दिए । उनले संचारकर्मीले समेत निर्वाचन आचार संहिता पालना गर्नु आवश्यक रहेको भन्दै यसबाट सफलताका साथ निर्वाचन सम्पन्न गर्नमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा स्थानिय संचारकर्मीहरुले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग भइरहेको, सामाजिक संजालमा एक पक्षले अर्को पक्षलाई अमर्यादित रुपमा टिकाटिप्पणी गर्ने गरेको, सार्वजनिक स्थलमा निर्वाचन प्रचार सामाग्रि टास्ने काम भएको, तोकिएको भन्दा ठूलो आकारमा तुल, ब्यानरको प्रयोग गरिएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ