News Category 2079/07/21
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा अहिले पार्टी प्रवेशदेखी छोड्ने क्रम तिब्र बनेको छ ।
यो क्रम अधिकांश रुपमा मधेश केन्द्रित दलहरुमै रहेको छ । केही दिन अघि मात्र विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए । सोमबार भने राजविराज नगरपालिका ११ बाट जनता समाजवादी पार्टीका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा सोही वडाका जसपाका शिब कुमार मण्डल, शैलेन्द्र यादव, शिबनारायण यादव, कुशेश्वर यादव, जयकृष्ण यादव, राम लखन यादवसहितका नेता तथा कार्यकर्ता छन् ।
उनीहरूलाई जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा २ को (२) बाट प्रदेश सभा सदस्यका उम्मेदबार महेश प्रसाद यादवले टीका लगाएर पार्टी प्रवेश गराएका छन् । मधेस तथा विभिन्न आन्दोलनमा भूमिका खेलेका ती युवा नेताहरु विगत लामो सयमदेखि जसपाका नेतृत्वरूसँग असन्तुष्ट रहेकाले चुनावको मुखमा जनमत पार्टी प्रवेश गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ