News Category 2079/07/21
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएर फरार मध्ये पाँच जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नाता कायम मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका ७ निवासी ३७ वर्षिया सिसकुमारी सिंह रहेकी छिन् । उनलाई सो मुद्दामा अदालतबाट २५ रुँपैया जरिवाना तोकिएको थियो ।
त्यसैगरि कुटपिट मुद्दामा फरार रहेका राजविराज नगरपालिका १६ निवासी ५१ वर्षिय जगरुप यादव र ४१ वर्षिय मनोज गोरधन यादवलाई अदालतले ६६ रुँपैया जरिवाना तोकेको थियो । सोही मुद्दामा फरार रहेका जिल्लाको सप्तकोशी नगरपालिका ८ निवासी सुकदेव चौधरीलाई अदालतले २ हजार ५ सय जरिवाना तोकेको थियो ।
त्यसैगरि राजविराज १६ निवासी ५० वर्षिय मगालाल यादवलाई ठगि मुद्दामा अदालतले ५ हजार जरिवाना तोकेको थियो । यी सबै प्रतिवादीहरु अदालतले दण्ड जरिवानाको फैसला सुनाए लगत्तै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीले ती सबै फरार प्रतिवादीहरुलाई खोजतलास गरि आइतबार पक्राउ गर्दै अदालतमा दाखिला गरि जरिवाना असुल गराएको डिएसपी सिंहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ