News Category 2079/07/21
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएर फरार मध्ये पाँच जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नाता कायम मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका ७ निवासी ३७ वर्षिया सिसकुमारी सिंह रहेकी छिन् । उनलाई सो मुद्दामा अदालतबाट २५ रुँपैया जरिवाना तोकिएको थियो ।
त्यसैगरि कुटपिट मुद्दामा फरार रहेका राजविराज नगरपालिका १६ निवासी ५१ वर्षिय जगरुप यादव र ४१ वर्षिय मनोज गोरधन यादवलाई अदालतले ६६ रुँपैया जरिवाना तोकेको थियो । सोही मुद्दामा फरार रहेका जिल्लाको सप्तकोशी नगरपालिका ८ निवासी सुकदेव चौधरीलाई अदालतले २ हजार ५ सय जरिवाना तोकेको थियो ।
त्यसैगरि राजविराज १६ निवासी ५० वर्षिय मगालाल यादवलाई ठगि मुद्दामा अदालतले ५ हजार जरिवाना तोकेको थियो । यी सबै प्रतिवादीहरु अदालतले दण्ड जरिवानाको फैसला सुनाए लगत्तै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीले ती सबै फरार प्रतिवादीहरुलाई खोजतलास गरि आइतबार पक्राउ गर्दै अदालतमा दाखिला गरि जरिवाना असुल गराएको डिएसपी सिंहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ