News Category 2079/07/23
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारहरुलाई आचारसंहिता र निर्वाचन आयोगले पत्रकारकालागि जारी गरेको आचार संहिता दुवै पालना गर्न आग्रह गरेको छ ।
महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा पछिल्लो केही दिन यता सप्तरीका एक–दुई छापा माध्यम र केही पत्रकारहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाईएको जनाइएको छ । विज्ञप्तिमा पत्रकार महासंघले यस सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै सञ्चारमाध्यममा मात्रै नभई पत्रकारले समाजिक सञ्जाल प्रयोगमा पनि आचारसंहिताको ख्याल गर्नुपर्ने अतिआवश्यक रहेको उल्लेख छ ।
सो विज्ञप्तिमा निर्वाचन सम्बन्धी कुनै किसिमको सर्वेक्षण गर्नसमेत रोक लगाईएको समयमा खासगरेर फेसबुकसहितका समाजिक सञ्जालमा यसको बढी उल्लंघन भईरहेको पाइएका जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी पत्रकारलाई अरु भन्दा बढी ख्याल निर्वाचन आचारसंहिता पालना गर्नुतर्फ हुने भएको हुँदा आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ७ को २५ बमोजिम मात्र गर्न हुन सबै पत्रकारमा नेपाल पत्रकार महासंघ सप्तरी शाखा आग्रह गर्दछ । अब पनि सञ्चारमाध्यम तथा पत्रकारले निर्वाचन आचारसंहिता विपरित काम गरेमा महासंघले आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउनेसमेत यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै जानकारी गराउँदछ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ