News Category 2079/07/23
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो प्रचार प्रसारका निम्ति झुण्ड्याएका प्रचार प्रसार सामाग्रि बुधबार प्रहरीले हटाएको छ ।
निर्वाचन आचारसंहिता विपरीत ती प्रचार प्रसार सामग्रि राजविराज नगरसहित जिल्लाको विभिन्न बजार तथा सार्वजनिक स्थलमा झुण्ड्याएको भन्दै प्रहरीले हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले नगर क्षेत्रको सार्वजनिक स्थलहरुमा आचारसंहिता विपरीत झुण्ड्याइएको विभिन्न उम्मेदवारको तुल, ब्यानर, पोष्टर, झण्डालगायतका प्रचार सामाग्रि हटाइएको छ ।
निर्वाचन आचारसंहिता पालना गराउने क्रममा यसअघि पटक पटक बसेको सर्वदलिय बैठकमा विभिन्न राजनीतिक दलका उम्मेदवार र पार्टी प्रतनिधिले आचार संहिता विपरीत सार्वजनिक स्थलमा राखिएका प्रचार सामाग्रि आफ्ैले हटाउने प्रतिबद्धता जनाए पनि सोको पालना नगरेकाले सुरक्षाकर्मीको प्रयोग गरि त्यस्ता सामाग्रिहरु हटाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
आचारसंहिता विपरीत बजार क्षेत्रमा प्रचार सामाग्रि प्रयोग गर्ने काम सबैजसो पार्टीले गरेकाले त्यस्ता गतिविधि रोक्न सम्बन्धित दल र उम्मेदवारलाई सचेत गराउँदा पनि वेवास्ता गरेको पाइएकाले सुरक्षाकर्मीको प्रयोग गरि त्यस्ता सामाग्रि हटाइएको उनको भनाई छ ।
यता जिल्ला निर्वाचन कार्यालय सप्तरीले दलहरुले अचारसंहिता पूर्ण पालना गर्ने भनेर प्रतिबद्धता जनाए पनि त्यसको पालना नगरेको पाइएकोले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन, सबै राजनीतिक दलले आचार संहिताको पूर्ण पालना गर्नुपर्ने सबैसँग अपील समेत गरेको छ ।
निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ