News Category 2079/07/24
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
निर्वाचनको मिति नजिकिदै जाँदा सप्तरीमा पनि चुनावी सरगर्मी निकै बढेको छ । मौसम चिसिदै गएको बेला चुनावी माहोलले भने यहाको महोल निकै तताएको हो ।
यस जिल्लामा चार वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा सदस्य पदका लागि निर्वाचनज हुँदैछ । विशेष गरि यहाँ दुई वटा गठबन्धनका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सत्तारुढ दलको गठबन्धनमा नेपाली काँग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा समाहित छन् भने अर्को गठबन्धन हो एमाले–जसपाको । यस्तै जनमत पार्टी एक्लै चुनावी मैदानमा छन् ।
अहिले यी दुबै गठबन्धनका उम्मेदवार चुनावी माहोलमा बढी हावी हुनु स्वभाविक हो । तर यस बाहेक अर्को स्वतन्त्र र पार्टीबाट टिकट नदिएपनि पार्टी कै चुनाव चिन्ह लिएर उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । यी उम्मेदवारहरु आफ्नो व्यक्तिगत छवी तथा विगतमा कुनै न कुनै पार्टीमा रहेर गरेको समाजसेवाको प्रभावका कारण चुनावी मैदानमा छन्ष्स् । चुनावी मैदानमा उनीहरु दुबै गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिने अवस्थामा पुगेका छन् ।
सप्तरीको क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट सत्तारुढ गठबन्धनका एक दल लोसपाका उम्मेदवारको रुपमा रहेका गजेन्द्र मण्डल पार्टीकै चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसले प्रतिनिधि र दुबै प्रदेशसभा क्षेत्रको टिकट पाएको छ । हुन् त लोसपाले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार नरहेको स्पष्ट पार्दै आएपनि निर्वाचन आयोगले मण्डललाई लोसपा पार्टी र साइकल छाप नै प्रदान गरेको छ ।
यस प्रदेशसभा क्षेत्रमा सत्तारुढ पाँच दलिय गठबन्धनका साँझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसका भगवती यादव र नेकपा एमाले–जसपाका साँझा उम्मेदवारका रुपमा विदेश्वर यादव (बिक्की) चुनावी प्रतिस्पर्धामा छन् । विदेश्वर यस क्षेत्रका वर्तमान प्रदेशसभा सदस्य समेत हुन् । भगवती यादव दोश्रो पटक यस प्रदेशसभाबाट उम्मेदवारी दिएका छन् । यस अघि उनी विदेश्वरबाटै पराजित भएका थिए । यसरी हेर्दा दुबै गठबन्धनका उम्मेदवार विदेश्वर र भगवतीलाई लोसपाका नेता गजेन्द्र मण्डलले कडा टक्कर दिने आंकलन गरिएको छ ।
यता दुबै गठबन्धन, लोसपा र जनमत पार्टीका उम्मेदवारहरु घरदौलो कार्यक्रमलाई तिब्रता दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश यादव, एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी, लोसपाबाट लक्ष्मीकान्त मण्डल र जनमत पार्टीबाट अनिस अन्सारी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
उक्त प्रतिनिधि सभा क्षेत्र अन्तरगत पाँच पालिका पर्दछन् । जसमा डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिका छन् । हालै सम्पन्न स्थानियतह निर्वाचनमा पाँच मध्ये दुई पालिका डाक्नेश्वरी र राजगढमा नेकपा एमाले, विष्णुपुर गाउँपालिकामा जसपा, शम्भुनाथ नगरपालिकामा नेकपा एस र रुपनी गाउँपालिकामा लोसपाले प्रमुख पद जित हात पारेको छ ।
जिल्लाको दक्षिण र उत्तरतर्फ सीमा जोडिएको यस क्षेत्रको भौगोलिक अवस्था पनि निकै रोचक छ । दक्षिणमा भारतसँग सीमा टासिएको डाक्नेश्वरी र राजगढ तथा उत्तरमा राजमार्ग अन्तरगत दुई पालिका शम्भुनाथ र रुपनी र एक पालिका सदरमुकाम राजविराजसँगै जोडिएको छ । विगतको स्थानिय तह निर्वाचनमा यस क्षेत्रबाट तीन पालिकामा नेपाली काँग्रेस र दुई पालिकामा लोसपाले प्रमुख पदमा जित हात पारेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ