News Category 2079/07/29
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुले गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने बताएका छन् ।
गठबन्धनको सप्तरी क्षेत्र नं २ द्वारा सोमबार छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
जनतालाई अधिकार दिलाउन नचाहने व्यक्ति र गठबन्धनलाई जिताए जनता अधिकारबाट बंचित रहिरहने बताउँदै नेताहरुले जसले जनतालाई मार्न लगाएर सत्ता प्राप्ति गरे, जनताका अधिकार बिर्से त्यस्ता व्यक्तिलाई मत दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गर्नु रहेको जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति रामकुमार यादवले गठबन्धनबाट उम्मेदबारी दिएकाहरुलाई जिताउनुपर्ने बताउँदै जनताको रगतसँग खेलबाड गर्नेहरुलाई कुनै पनि हालतमा मत नदिन मतदातासँग आग्रह समेत गरे ।
एकीकृत नेकपा समाजवादी पार्टीका अध्यक्ष प्रतापनारायण चौधरीले देशलाई ठूलो दुर्घटनाबाट गठबन्धनले जोगाएको जिकिर गर्दै देशको विकास, जनतालाई अधिकार दिलाउने सवालमा गठबन्धन इमान्दार भएर अघि बढ्ने उल्लेख गरे ।
राजविराज नगरपालिकाका पूर्व मेयर एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता शम्भु प्रसाद यादवले जनताको रगत साटेर कुर्सीमा जानेहरुलाई जनताले चिन्नुपर्ने धारणा राखे । उनले जनतासँग बेइमानी गर्नेहरुलाई समयमै चिन्न र मतको सही सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादीका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि सोमबारै सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार जयप्रकाश ठाकुरले राजविराज नगरपालिका वार्ड नं. १ स्थित चनौरामा कार्यकर्तालाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुनै एजेण्डा नभएको बताए छन् ।
सत्ता र कुर्सीको लागि मधेशको सबै एजेण्डा छाडेको बताउँदै उनले केपी ओलीलाई मधेशमा निषेध गरेर मलेठ घट्नामा ५ जनालाई शहिद बनाउने यादव अहिले एमालेसंग गठबन्धन गर्नुले मधेशी जनताको अपमान गरेको उनको भनाई थियो ।
उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै पुरानो नेतालाई बिर्सेर मतदाताले जनताको सेवा गर्न आफुलाई अवसर दिने बताएका छन । राजधानीमा बसेर सत्ताको खेला सधैं लिप्त रहने जसपा अध्यक्ष यादवले पाँच बर्ष सम्म गरेको काम जनताले हेरिसकेको भन्दै अव नयाँ अनुहारको नेतालाई चुनावमा जिताउनुपर्नेमा उनले जोड दिए । ‘म यहींको नेता हु, सधै जनताको साथमा रहेर काम गर्नेछु, जतिबेला पनि जनताको समस्या बुझन् तयार रहने छु ।’
कार्यक्रममा नेपाली काँग्रेसका नेता इर्साद अन्सारीले भने ‘उपेन्द्र यादवसँग कुनै एजेण्डा छैन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत देश बनाउन होइन विगार्ने काम गर्न आएका छन, यिनीहरु सबै ठग पार्टी हुन् जनताले बुझ्नु पर्छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ