News Category 2079/07/29
यूवा विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै ः शेरचन
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
नेपाली काँग्रेस (विपी) का केन्द्रिय सभापति सुशिलमान शेरचनले लाखौं यूवा रोजगारीका लागि विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै गएको बताएका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा मेची–महाकाली अभियान अन्तरगत उनी मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
जिम्मेवार दलहरुले मुलुकलाई बेरोजगार उत्पादन केन्द्र बनाएको आरोप लगाउँदै उनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । अब जनताले नयाँ सोच र सिद्धान्त बोकेको आफ्नो पार्टीलाई साथ दिने उनको दाबी छ ।
पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ ७८ र समानुपातिकतर्फ १ सय ७३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उतारेको जानकारी दिँदै अत्याधिक स्थानमा बिजयी हुने दाबी गरे ।
सो अवसरमा पार्टीका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य (समानुपातिक) तर्फकी उम्मेदवार सर्वेश्वरी देवी झा, प्रतिनिधिसभा सदस्य (समानुपातिक) तर्फका उम्मेदवार पार्थो सरकार लगायत स्थानिय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ