News Category 2079/07/29
लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
मौन अवधी सुरु हुनु दुई दिन अघि लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरु मतदातालाई रिझाउन घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जयप्रकाश ठाकुर, प्रदेशसभा सदस्य उम्मेदवार सरोज मंडल र उमेश कुमार यादव मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।
राजविराज नगरपालिका वडा नं. १३, १४ र १५ मा मंगलवार घरदैलो गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार जयप्रकाश ठाकुरले जानकारी दिए । ठाकुरले आफु यहींका बासिन्दा भएको र जनताको सुखदुखमा सधै साथ दिएकाले मतदाताहरुले जिताउने विश्वास व्यक्त गरे ।
जनताको मौलिक अधिकार शिक्षा, रोजगारको विकास गर्न आफु तैयार रहेको भन्दै उनले लोकतान्त्रिक वाम गठबन्धनका उम्म्ेदवार जिते जनताको सपना पुरा हुने बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले कागजमै विकास गरेर जनतालाई ठगेको आरोप लगाउँदै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई आग्राह गरे । नेपाली काँगे्रसका नेता इर्साद अन्सारीले मधेशमा जसपाको सरकारले एउटा पनि उद्योग सञ्चालन गर्न नसकेको बताए । केन्द्र देखि प्रंदेश जसपाकै कृषि मन्त्री सम्म रहेपनि किसानका लागि मल समेत पु¥याउन नसकेको उनको भनाई थियो ।
ग्रामिण भेगका जनताको मर्मलाई नबुझेकोले यस वर्षको चुनावमा जनताले भोटबाट जवाफ दिने अन्सारीले भने । लोकतान्त्रिक समाजवादी पार्टीका नेता ललन झाले मतदाताले परिवर्तन चाहेको बताए । उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ठाकुरलाई जिताउन मतदाताहरु लागि परेको दावी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ