News Category 2079/07/29
वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड
_c8c.jpg)
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।
उनले पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यक रहेको बताए ।
उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताउँदै सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे । सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरुको विकास आवश्यक रहेको बताउँदै उनले ती कार्यहरु सुरु भइसकेको र आगामी दिनमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए ।
नेता यादवले पहिला छाता निर्वाचन चिन्ह लोकतान्त्रिक समाजवादी पार्टीकै रहेकोमा अहिले मधेशीको भावना विपरित अल्गिएर गएका कारण उनीहरुको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दावी गरे ।
नेकपा एमालेका जिल्ला सहससचिव प्रभाकर सिंह तथा जसपाका प्रदेश कमिटी सदस्य सत्यनारायण यादवको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका नेता तथा पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टी प्रवक्ता मनिषकुमार सुमन, महिला नेतृ तथा संविधान सभा सदस्य सदस्य रन्जु ठाकुर, पार्टीका केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा लगायतले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ