News Category 2079/07/29
वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।
उनले पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यक रहेको बताए ।
उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताउँदै सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे । सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरुको विकास आवश्यक रहेको बताउँदै उनले ती कार्यहरु सुरु भइसकेको र आगामी दिनमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए ।
नेता यादवले पहिला छाता निर्वाचन चिन्ह लोकतान्त्रिक समाजवादी पार्टीकै रहेकोमा अहिले मधेशीको भावना विपरित अल्गिएर गएका कारण उनीहरुको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दावी गरे ।
नेकपा एमालेका जिल्ला सहससचिव प्रभाकर सिंह तथा जसपाका प्रदेश कमिटी सदस्य सत्यनारायण यादवको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका नेता तथा पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टी प्रवक्ता मनिषकुमार सुमन, महिला नेतृ तथा संविधान सभा सदस्य सदस्य रन्जु ठाकुर, पार्टीका केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा लगायतले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ