News Category 2079/08/05
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
नेपालमै निकै चासोका साथ हेरिएको सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग दोब्बर भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनी जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवभन्दा दोब्बर भन्दा बढी मतले अगाडी देखिएका हुन् । मतगणनामा डा. राउतले ११ हजार १ सय ४७ मत प्राप्त गरेका छन् भने उनलाई पच्छ्याउँदै गरेका उपेन्द्रले ५ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् ।
मतगणनाका क्रममा तेश्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले २ हजार २३ मत प्राप्त गरेका छन् । करिब ३० हजार मत गन्न बाँकी रहेको र अन्तिम परिणाम मंगलबार साँझसम्म मात्र आउने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिएका छन् ।
यस क्षेत्रमा ९५ हजार ३ सय ९४ मतदाता छन् । जसमध्ये ६४ हजार ५ सय ६० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा २०७४ मा जितेका उपेन्द्र जित दोह्र्याउने आशमा रहेको जसपाका कार्यकर्ताहरु बताउँछन् । यद्दपी हालसम्म यस क्षेत्रमा सांसद दोहोरिएको इतिहास छैन् । प्रारम्भिक रुझानले पनि त्यस्तै संकेत गरिसकेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यसै क्षेत्रको प्रदेशसभा २ को १ मा जनमत पार्टीकै सतिश सिंह १० हजार ८ सय ३२ मत प्राप्त गरि अग्रस्थानमा छन् । उनलाई पच्छ्याइरहेका जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन् । अहिले तेश्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका सरोजकुमार मण्डलले ४ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा २ को २ मा पनि जनमत पार्टीकै महेश प्रसाद यादव ९ हजार २० मत प्राप्त गरि अग्रस्थानमा छन् । यहाँ सत्तारुढ गठबन्धनका साँझा उम्मेदवार माओवादी केन्द्रका उमेश कुमार यादव ४ हजार ७ सय ८६ मत प्राप्त गरि उनलाई पच्छ्याइरहेका छन् । यस्तै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार लक्षमण यादवले १ हजार ३ हजार ९ सय ७४ मत ल्याएका छन् ।
जिल्लाकै प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह २ हजार २ सय ५२ मत प्राप्त गरि अग्रता लिएका छन् भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामदेव साह २ हजार १ सय १४ मत ल्याई उनलाई पच्छ्याइरहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका दिनेश कुमार यादव ५ सय १९ मत ल्याई अग्रता लिएका छन् भने ३ सय ७ मत ल्याई जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार ताराकान्त चौधरी उनलाई पच्छ्याइरहेका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ४ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका तेजुलाल चौधरी १ सय २३ मत ल्याई अग्रता लिएका छन् भने जनमत पार्टीका उम्मेदवार सुकदेव प्रसाद साह १ सय २ मत ल्याई उनलाई पच्छ्याइरहेका छन् ।
यता जिल्लाको चार वटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच मतगणना कार्य भइरहेको छ । मतगणनास्थललाई तारजालीले घेरवार गरि उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र संचारकर्मीलाई प्रवेश गर्न दिइएको छ भने सीसी क्यामरा तथा ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ