News Category 2079/08/07
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई

दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
सप्तरीबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीका दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका हुन् ।
सिंह १६ हजार ७ सय ३४ मत ल्याई निर्वाचित भएका हुन् । उनले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् । मन्त्री साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरे ।
गत स्थानियतह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा अध्यक्ष पदमा प्रत्याशी रही पराजय भोगेका सतिष कुमार सिंह यस पटक प्रदेश २ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदबार बनेका लोसपाका सरोज मण्डलले ६ हजार १ सय ३२ मत प्राप्त गरे ।
निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका सिंहले गत स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दोहो¥याउँदा नेपाली काँग्रेसका अरुण मण्डलसंग थोरै मतले पराजित हुनु परेको थियो ।
२०७४ सालको गाउँपालिकाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष पद जितेका सिंह गत बैशाख ३० गतेको स्थानीयतहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट चुनाव लडेर निकटतम प्रतिद्वन्दी रहेका थिए । उनी लोसपा परित्याग गरि तीन महिना अघि मात्र जनमतमा प्रवेश गरेका थिए ।
यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीकै उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् । महेश १३ हजार ३ सय २५ मत ल्याई निर्वाचित भएका हुन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवसँग ६ हजार ३ सय २ मतान्तरले बिजयी भए । उमेशले ७ हजार २३ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदबार बनेका जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।
२०७४ सालमा उमेश संगै सोही पार्टीबाट प्रदेश २ को (२) बाट उम्मेदवार रहेका महेश तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मनिष सुमन सँग पराजित भई निकटतम प्रतिद्वन्दी रहेका थिए । सुमन यस पटक जसपाबाट समानुपातिक तर्फ उम्मेदवार रहेका छन् ।
नेकपा माओवादी केन्द्रले उमेशलाई प्रदेश सभामा उठाएपछि मनोनयन पत्र दर्ताको अघिल्लो दिन जनमत पार्टीमा प्रवेश गरी प्रदेश सभा सदस्यका प्रत्याशी बनेका महेशको यस पटकको चुनावी यात्रा सफल भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ